लोकेश शिरीष अधिकारी, डोटी

सुन न ए कोरोना…?
क्वारेन्टाइनमा वसेर अघाइ सकियो
लकडाउन असह्य भइ सक्यो
टाउको माथि आकास खसेझै
श्वास अवरुद्घ भयझै
उकुस मुकुस
अनि छट्पटी भैराछ
त्यसैले,
त्यसैले य कोरोना…!
अब क्वारेन्टाइनमा तिमि बस
लकडाउनमो सामना तिमी नै गर
तिमी जहाँ छौ त्यहि बाट बिलय होऊ
बिन्ति छ तिमिलाई
अब धेरै नसताउ
हो साच्चै,
हो साच्चै तिमी महान रहेछौ
सबैभन्दा बलवान रहेछौ
ठुलाठुला बणेमानहरुलाई,
निमेश भरमै धुलो चटायौ
महारथीहरुलाई घुँडा टेकायौ
कृपया,
कृपया बिन्ति छ मेरो
अव भने क्वारेन्टाइनमा बसिदेऊ
हामी निमुखाहरुलाई के थाहा ?
तिमि यति पहलमान छौ भनेर
बरु म, बरु म ट्रम्पलाई भन्नेछु
तिम्रा दुस्साहासि कासन रोकेर
रसायनिक कारखाना बन्द गर
पिङलाई भन्नेछु, ग्यास उत्सर्जन रोक
किमलाई भन्नेछु,
आणविक भट्टीमा ताला लगाऊ
मान कोरोना मान
कृपया एक पल्ट त मानिदेऊ
र क्वारेन्टाइनमा बसिदेऊ !!
हो हामिबाट भूल भयकै हो
प्रकृति माथि ज्यादती गरेकै हुन्
म वादा गर्छु, अब यस्तो हुने छैन्
धुर्तहरुलाई सचेत गराई सक्यौ
ऊनीहरुको असली औकात देखायौ
र अव
तिमी मान कोरोना
र मान्नै पर्छ
किनकी,
गरिवहरु भोकायका छन
मजदुरहरु रिसायका छन
जगत रोइ रहेछ
त्यसैले,
त्यसैले बिन्ति छ कोरोना
तिमी क्वारेन्टाइनमा बस
निमुखालाई गरिखान देउ
हो हामिललाई बाँच्न देउ
कृपया, कोरोना
क्वारेन्टाइनमा बसि देउ
मेरो ज्ञानी कोरोना
तिमि भनेको मान
क्वारेन्टाइनमा बस !!!
Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...