२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

महाकाली र सेती राजमार्गका सडक क्षेत्रमा पर्ने घर टहरा हटाइने

डोटी- महाकाली राजमार्ग र सेती राजमार्ग अन्तरगतका सीमाभित्र पर्ने घर टहरा हटाइने भएको छ। सडक सीमाभित्रका घर टहरा सामग्रीहरु हटाउन संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपाते डोटीले १५ दिने सूचना जारी गरेको छ। डिभिजनले निकालेको सूचनामा महाकाली राजमार्गअन्र्तगत स्याउलेदेखि बागबजारसम्मको ३ किलोमिटर सडकको दाँया–बायाँ २५÷२५ मिटर खालीगर्ने उल्लेख गरिएको छ। 

१५ दिनभित्रउक्त क्षेत्रका संरचनाहरु नहटाए सार्वजनिक सडक ऐन २०३१ बमोजिम सडक संरक्षणका लागिखालीगरिने कार्यालयले जनाएको छ। सडकमा भएका घर टहरा हटाउनका लागिजिल्ला समन्वय समिति, नगरपालिका स्थानिय सरहकारको सहयोगले यो कार्यलाई अगाडि बढाउने सडक डिभिजन कार्यालय कुलपालेले जनाएको छ।

मापदण्ड अनुसार नभएका घर छिट्टै अगाडि वढाउने डडेल्धुर र फल्टुडे अनारखोली र स्याउले वाट डोटी सम्ममाहाकालि राजमार्गमा २५ मिटर र सेती राजमार्गमा १५ मिटर सडक चौडा गर्ने सडक डिभिजन कार्यालयका प्रमुख सुदर्शन कार्कीले जानकारी दिए। 

उनले भने, ‘१० जना सव अवभरसेर हुन पर्नेमा ४ जनामात्र छन्। ४ जना ईन्जिनियरको  दरवन्दिमा २ जनाले काम गरिरहेकोले झन समस्या आएको छ। यो कार्यलाई अगाडि वढाउनमा सबैको साथ सहयोगको आवश्यकता छ।’

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७६ चैत्र ७

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP