२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

जिर्ण भाडाको घरमा ट्राफिक कार्यालयः कार्यालय सञ्चालनमा समस्या


डोटी – ट्राफिक कार्यालय दिपायल बर्षौ देखि जिर्ण भाडाको घरमा सञ्चालन भैरहेको छ । जिर्ण अरवस्थामा रहेको घरमा कार्यालय सञ्चालन गर्न समस्या भएको ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक कार्यालयले ३ वटा कोठा भडामा लिएको छ । ति मध्य दुइवटा कोठा आवास र एउटा कोठा कार्यालय प्रयोजनमा प्रयोग भएको छ । कार्यालय परिसरमा टिनको जिर्ण भान्सा घर छ । घरको भाडा जिल्ला प्रहरी कार्यालयले तिर्दै आएको छ ।

टिनले छायको सो घरको छानामा कोठा भित्रबाट त्रिपाल लगायर ट्राफिक प्रहरी बस्ने गर्दछन् । कार्यालयमा पंङ्खाको समेत व्यवस्था नभएको ट्राफिक जवान खडक रावतले बताए । उनले भने,‘चिसोको समय जेनतेन काटेउँ, अब गर्मि समय आउँदैछ हामी संग पङ्खाको समेत व्यवस्था छैन । माटो खस्ने भएकाले त्रिपाल लगाएका छौं ।’

कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक असोक खड्काले भाडामै भएपनि कार्यालय सञ्चालन भैरहेको बताए । उनले कार्यालयमा कम्प्यूटर प्रिण्टर तथा नेटको सुबिधा नुहँदा आफ्नो मोबायल तथा ब्यक्तिगत ल्याप्टपबाट काम चलाइरहेको बताए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र ७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP