२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

यस्तो छ सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सक्रिय संक्रमितको अवस्था

धनगढी

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ४६ हजार भन्दा बढी नागरिकको स्वाव परिक्षण गरिएकोमा हाल सम्म ४ हजार ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा जम्मा संक्रमित १ हजार ३ सय ५८ रहेकोमा सक्रिय संक्रमित १ सय ८८ रहेका छन् । यसै गरी कञ्चनपुर जम्मा संक्रमित ५ सय २३ र सक्रिय संक्रमित १८ जना रहेका छन् । डोटी ७ सय ४४ जम्मा संक्रमित रहेकोमा सक्रिय संक्रमित १ सय ६९ रहेको सुुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै दार्चुला जम्मा संक्रमित ४३ रहकोमा सक्रिय संक्रमित ३० जना रहेका छन् । निर्देशनालयका अनुसार डडेल्धुरा जम्मा संक्रमित ३ सय ४ रहेकोमा सक्रिय संक्रमित ५ जना, बजुरामा जम्मा संक्रमित ४ सय ५२ रहेकोमा सक्रिय संक्रमित १५ जना, बझाङमा जम्मा संक्रमित २ सय ८५ रहेकोमा सक्रिय संक्रमित १ सय ७६ जना, बैतडीमा जम्मा संक्रमित ३ सय २४ रहेकोमा सक्रिय संक्रमित ६ जना र अछाममा जम्मा संक्रमित ७ सय २४ जना रहेकोमा सक्रिय संक्रमितको संख्या ५६ छ ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा कैलालीका ४, अछामका ४ तथा बाजुरा र बझाङका २÷२ जना रहेका छन् ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ श्रावण ३२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP