२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

केआईसिंह गाउँपालिकालाई सहयोग जुट्दै

डोटी- के.आई. सिंह गाउँपालिकालाई स्वास्थ्य सामाग्रीहरुमा सहयोगी हात थपिदै गएका छन् । सोमबारमात्र केआईसिंह गाउँपालिकालाई बिभिन्न ६ वटा संस्थाहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

आनी छोइङ्ग फाउन्डेसन, प्रारम्भ सामाजिक संस्था, रेडक्रस सोसाईटी पश्चिम महिला जागरण समुह, मनघरी फाण्डेसन र रैका टुर्स एण्ड ट्रेक्स प्रालि काठमाण्डौंले पीपीसेट, ग्लोब्स, मास्क,साबुन , पञ्जा लगायत स्वास्थ्य सामाग्री केआईसिंह गाउपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहरालाई उपलब्ध गराएको गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । सोही संस्थाले शिखर नगरपालिकालाई पनि स्वास्थ्य सामाग्री नगरप्रमुख सीताराम जोशीलाई सोमबार नै हस्तान्तरण गरेको छ ।

ति संस्थाहरुको तर्फबाट प्रतिनिधीत्व गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव नारायण जोशीले सामाग्रीहरु स्थानिय तहहरुलाई हस्तान्तरण गरेका थिए ।

त्यसैले सुदूरपश्चिमका बिभिन्न स्थानिय तहहरुमा गर्भवती महिला तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक सामाग्रीहरुलाई उपलब्ध गराउदै आएको सुरक्षित मातृत्व संजाल महासंघ नेपालले पनि सोमबार नै केआईसिंहलाई पनि हस्तान्तरण गरेको छ । पीपीई सेट, सेनिटाईजर, थर्मल गन, पञ्जा , मास्क, सेनिटरी प्याड लगायतका सामाग्रीहरु संस्थाका तर्फबाट नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउबा लगायतका नेताहरुले गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको रोहबरमा दुर्गामाण्डौ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।

गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सबैलाई सहयोगका लागि धन्यबाद दिएका छन् । उनले सबैको सहयोगबाट मात्रै कोभिड १९ बिरुद्ध लड्न सकिने भएकाले एकताबद्ध भई जुट्नु पर्ने बताए ।

यस अघि केआईसिंह गाउपालिकालाई नेपाल नर्वे सम्पर्क समितिका सभापति जीतेन्द्र शाहीको पहलमा २ लाख ३० हजार बराबरको सामाग्री केआईसिंह, शिखर र सायलमा हस्तान्तरण भएको थियो भने उद्योग बाणिज्य संघ केआईसिंह उपशाखाले नगद ५० हजार, दुर्गामाण्डौ स्वास्थ्य चौकी इन्चार्ज भिष्मराज पाण्डेयबाट १० हजार तथा केआईसिंह ४ चन्केसैनका बासुदेव जोशीले ५ हजार रुपैया गाउपालिकाको राहत कोषमा जम्मा गरेका छन् ।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ असार ९

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ असार ९

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ असार ९

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP