२०८३ कार्तिक २, आईतवार
October 18, 2026, Sunday

दार्चुलाको उत्तरी सीमा क्षेत्रमा सशस्त्रको गस्ती

दार्चुला- सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना गर्ने तयारी गरेपछि ५० नम्वर गुल्म हेडक्वार्टर दार्चुलाबाट सशस्त्र प्रहरी स्थलगत निरीक्षणमा निस्किएको छ। विओपी स्थापना हुने क्षेत्र र सीमा क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबारे अवलोकन गर्न सशस्त्र प्रहरी उत्तरी क्षेत्रमा पर्ने व्यास क्षेत्र प्रस्थान गरेको हो।

भारतले जारी गरेको नक्सामा नेपालको दार्चुलाको कालापानी लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेपछि दार्चुलाको व्यास क्षेत्र चर्चामा छ। भारतले यो क्षेत्रमा नेपालको थप भूमि अतिक्रमण गर्न थालेपछि सरकारले गत मङ्सिर २३ गते व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको विओपी राख्ने निर्णय गरेको थियो। विओपी स्थापना गर्नका लागि सशस्त्र प्रहरीले व्यासको छाङ्गरुस्थित गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जग्गा आफ्नो नाममा पास गराएको छ।

छाङ्गरुको स्थलगत निरीक्षणका लागि सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका गुल्मपति, प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विष्टको नेतृत्वमा टोली उत्तरी क्षेत्र छाङ्गरुको अवलोकन निरीक्षण भ्रमणमा निस्किएको हो। पन्ध्र जनाको सुरक्षा फौज लिएर गुल्मपति छाङ्गरु प्रस्थान गरेको छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७६ चैत्र ५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP