२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

दार्चुलामा विओपी बस्ने स्थानको निरिक्षण गर्न सशस्त्रको टोली छाङरुङ लाग्यो

दार्चुलामा विओपी बस्ने स्थानको निरिक्षण गर्न सशस्त्र प्रहरीको टोली हिँडेको छ। सशस्त्र प्रहरीबल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बरबहादुर विष्टको कमान्डमा खटिएको १५ जनाको टोली मंगलबार पङसेरा–दुम्लीङहुँदै  छाङरुङतर्फ गएको हो। 

जिल्लाको व्यास गाउँपालिका–१ मा बस्ने विओपीको लागि मन्त्रीपरिषद्को बैठकबाट जग्गा प्रदान गर्ने निर्णय भइसेकाले उक्त स्थानको निरिक्षण गर्न टोली त्यसतर्फ लागेको डिएसपी विष्टले बताए।

‘क्याबिनेटबाट बजेट समेत निकासा भइसकेको छ, अहिले हिमपात पनि कम छ त्यसैले टोली त्यहाँ जान लागेको हो’ उनले भने, ‘हामीलाई त्यहाँ पुग्न ७ दिन लाग्छ। अब उक्त क्षेत्रमा लगातार पट्रोल गस्ती समेत गरिनेछ।’

लामो समयदेखि जिल्लावासीले त्रिदेशीय सिमा क्षेत्रमा सुरक्षा माग गरिरहेको हुँदा उक्त माग सम्बोधन हुनलागेको डिएसपी डम्बरबहादुर विष्टले बताए।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७६ चैत्र ४

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP