२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

बन्द छैन, नेपाल–भारत गौरीफन्टा र खक्रौला नाका

कैलालीमा भारतसँग जोडिएका गौरीफन्टा र खक्रौला बाहेकका अन्य नाकामा आवागमन रोक लगाईएको छ। सोमबार गौरीफन्टामा बसेको नेपाल–भारतका अधिकारीहरुको संयुक्त बैठकले जिल्लाका दुई नाकाबाट मात्र आवातजावत गर्न दिने सहमती गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गौरीफन्टा र खक्रौला नाकामा उच्च सर्तकता अपनाउदै आवागमन गर्न दिने सहमती भएको जानकारी दिए। अन्य नाकामा भने आवागमनमा रोक लगाउने निर्णय भएको प्रजिअ बोहराले बताए। यस्तै सीमाबाट आवतजावत गर्नेहरुको परिक्षण थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।

भारतले तत्काल एकै पटक धेरै व्यक्तिलाई कोरोनाको लक्षण परिक्षण गर्न सकिने मेसिन राख्ने भनेको बताउँदै प्रजिअ बोहराले नेपालतर्फ पनि सोही खालको मेसिन राख्ने विषयमा पहल भईरहेको बताए। 

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ४

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP