धनगढी — अछाम र दार्चुलामा अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
अछाममा सवारी ज्यान मुद्दामा जिल्ला अदालत अछामको २०८१ फागुन २२ गतेको फैसलाअनुसार ५ महिना २१ दिन कैद सजाय तोकिएका कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भई हाल साँफेबगर नगरपालिका–४ जनकल्याण टोल बस्दै आएका ३७ वर्षीय सुनिल चौधरीलाई शुक्रबार साँफेबगर नगरपालिका–१० ठाटी बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ।
यस्तै, दार्चुलामा लिखत सम्बन्धी कसूर मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका मालिकार्जुन गाउँपालिका–८ निवासी ३९ वर्षीय अशोक सिंह खत्रीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोलीले शुक्रबार पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै प्रतिवादीलाई सम्बन्धित अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
बझाङमा विद्यालय परिसरको कुटपिट घटनामा घाइते एक जनाको उपचारका क्रममा...