जमुना न्युरे
प्रेदेश सभा अर्थ बिकाश तथा प्राकृतिक श्रोत समितिले वैज्ञानिक बन ब्यबस्थापनको सुझाव प्रतिबेदन सार्वजनिक गरेको छ । वैज्ञानिक बन ब्यबस्थापनको प्रतिबेदन सार्बजनिक गर्न चौतर्फी आवाज उठेपछि अनुगमन गरेको एक साता पछी प्रतिबेदन सार्वजनिक गरेको हो ।
समितिका सभापती हर्क बहादुर कुवँर को नेतृत्वमा रहेको संसदीय समितिको टोलिले कैलाली र कंचनपुर मा रहेका विभिन्न सामुदायिक बनको अनुगमन गरेको थियो । समितिले कैलाली कंचनपुर जिल्लामा रहेका रानिफटा सामुदायिक बन बन्बेहेडा , जनजागृती सामुदायिक बन पहलमानपुर , सिङ्गकोट सामुदायिक बन फारम , सिताकुन्डा सामुदायिक बन गेडाखेडा ,दानुवाफाटां सामुदायिक बन रानिकुण्डा र चुरेको सिद्धबाँस घारी सामुदायिक बन लगायतका बनको अनुगमन गरेको थियो ।
नेपाल सरकारले पछिल्लो समयमा ल्याएको बैज्ञानिक बन ब्यबस्थापन ऐन २०७१ कार्यबिधि ल्याएर कैलाली जिल्लाका धेरै सामुदायिक बनहरु बैज्ञानिक बन ब्यबस्थापनमा लागेका छन् । वैज्ञानिक बन व्यवस्थापनमा बढिरहेको चुनौती माथी अनुगमन टोलिले विभिन्न सुझाव दियको छ ।
प्रतिवेदनमा विगत ७ बर्ष यता तराईका सालका घना जङ्गल र पहाडमा परिपक्व भैसकेका सललाका रुखभएका जंगल, हैसियत बिग्रेका, अन्य प्रजातिको जङ्गल भएका, बन क्षेत्रभित्रको खाली भागहरुमा लक्षित गरी दिगो योजना लागु गर्नु पर्ने उल्लेख छ । समितिले आगामी ८० बर्षको कार्ययोजना निर्माण गरेको छ । सामुदायिक बनहरु कार्ययोजना कार्यान्वयन गर्न लालायित भएका बेला उपभोक्ताहरूको साझा धारणा बनाउान र सो अनुरुप गर्न जरुरी रहेको सहभागीले बताए ।
सामुदायिक बनभित्र बर्षौदेखी रहेका ढलेपढेका, सुकेर खडा रहेका रुखहरु एकपटकका लागी निकाली समुदाय र प्रदेशका लागि आवस्यक काठको आपूर्ति गर्नु पर्ने समितिको सुझाव छ । साथै चुरेका सालघारीहरुमा बर्षौ पहिले चोरी तस्करी गर्नेहरुले काटेका सालका काठहरु असरल्ल अवस्थामा छरिएर कुहिने सड्ने अवस्थामा छन् ति काठहरुको संकलन र बिक्रि वितरणबाट समुदायका लागि काठ दाउरा पूर्ति र सरकारलाई राजस्व वृद्धि हुने भएकाले तिनको निकासिका लागि पनि पहल गर्ने भनिएको छ ।
बैज्ञानिक बन ब्यबस्थापन लागू भएका सामुदायिक बनहरुमा कटान भएका क्षेत्रमा पुर्नउत्पादनको अवस्था राम्रो भएकाले समुदायको आयआर्जन र आर्थिक अवस्थामा ुधार भएको कुरा समितिका सदस्यहरूको तर्क छ ।
वैज्ञानिक बन ब्यवस्थापनलाई थप ब्यबहारिक बनाउँदै सामुदायिक बनमा आधारित घरेलु उद्योग सम्बन्धि सीपमूलक तालिम सन्चालन गरी लगानी गर्नु जरुरी देखिएको अनुगम समितीका सदस्य पुर्णा जोशीले बताइन् । उनले बनबाट उत्पादित काठको बिक्रीवितरणबाट आर्जित रकमको पारदर्शिता र राजश्वको सवालमा समुदाय इमानदार हुनुपर्ने बताइन् ।
धनगढी । न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग...