२०८१ माघ १, मंगलवार
January 14, 2025, Tuesday

कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित

काठमाडौँ- कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।

नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाउनुभयो । उहाँले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाउनुभएको हो।  दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, अनिल शाहले ५ रन बनाउनुभयो। गुल्सन झा नटआउट ९ रन बनाउनुभयो भने प्रतिस जिसीले नटआउट ५ रन जोड्नुभयो। 

वेस्ट इन्डिजका लागि म्याथ्यू फोर्ड र ओबेद म्याकोएले दुई दुई विकेट हात पार्नुभयो भने किमो पलले १ विकेट लिनुभयो।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको थियो। 

नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गर्नुभयो। उहाँले ४६ बल खेल्दै ७४ रन बनाउनुभएको हो। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाउनुभयो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पार्नुभयो। दुई टोलीबिचको दोस्रो खेल आइतबार हुनेछ । 

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ बैशाख १५

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP