२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

डोटीमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न : एलवाइसि विजयी (भिडियो सहित)

डोटी- डोटीमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुष २६ गते सुरु भएको उक्त प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।

गहनान सामुदायीक युवा क्लवले मकर सक्रान्तीको अवसर पारेर शिखर नगरपालिका वडा नं. १० बानेडुग्रीसैनमा प्रतियोगिता आयोजना गरेको थियो । शिद्धेश्वर माविको खेल मैदानमा भएको उक्त प्रतियोगिताको उद्घाटन तथा समापन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमनत्री वीरबहादुर बलायरले गरेका थिए ।

प्रतियोगितामा लाटामाण्डौं युवा क्लब, गोपघाट (LYC) विजयी भएको छ । फाइनल खेल आयोजक गहनान सामुदायीक युवा क्लव (GCYC) र लाटामाण्डौं युवा क्लब (LYC) बीच भएको थियो । लाटामाण्डौं युवा क्लबले आयोजक टिमलाई ३–० को सेटमा पराजित गरेको छ । कडा पर्तिस्पर्दा भएको उक्त खेलमा लाटामाण्डौं युवा क्लबले पहिलो सेटमा २५–२३, दास्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२३ ले जितेर खेल आफ्नो पक्षमा पा¥यो । प्रतियोगितामा तिलताली युवा क्लब (TYC) ले तृतिय स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । प्रथम हुने टिमले नगद एक लाख ५५ रुपैंया, कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने द्धितिय हुने टिमले नगद ५० हजार ५५ रुपैंया, कप, मेडल र प्रमाणपत्र साथै तृतिय हुने टिमले २५ हजार ५५ रुपैंया कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । त्यस्तै राष्ट्रिय खेलाडी, पुराना खेलाडीहरुलाई समेत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष तेज भुलले जानकारी दिए ।

शिखर नगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा गन्यापधुरा गाउँपालिका सह–प्रायोजक रहेको थियो । अन्य ब्यापारी, व्यवसायीहरुले समेत सहयोग गरेका थिए ।

समापन कार्यक्रममा शिखर नगरपालिकाका उप–प्रमुख धौलीदेवी रावल, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशी, क्षेत्रीय सभापति विजय खड्का, कांग्रेस नेता धर्मराज जोशी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष मिनबहादुर बलायरले गहनान क्षेत्रको प्रचार–प्रसार, भौतिक पूर्वाधार निर्माण, आर्यघाट व्यवस्थापन, खेल मैदान निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।

लाईभ भिडियो हेर्नुहोस्

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ १

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP