दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ।
पोलिक्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री विपद् कोषमा जम्मा गरेको हो । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको पोलिक्लिनिककी डा. निर्मला भट्टले जानकारी दिइन् ।
रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटिरहेको छ । सोही अभियानमा ऐक्यबद्धता जनाउँदै चिरञ्जिवी पोलिक्लिनिकले पनि सहयोग गरेको हो ।
डडेल्धुरा सदरमुकाममा डेढ दशकदेखि सञ्चालनमा रहेको पोलिक्लिनिकले जिल्लाका नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । पोलिक्लिनिकमा भिडियो एक्सरे, प्रयोगशाला, आकस्मिक सेवासहित अन्य स्वास्थ्य सेवासमेत सञ्चालनमा छन् । स्वास्थ्य सेवा प्रदान गर्नुका साथै पोलिक्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...