२०७७ माघ ४, आईतवार
January 17, 2021, Sunday

सरकार विरूद्ध आन्दोलन चर्काउने कांग्रेसको घोषणा

डोटी – सरकार विरुद्ध पहिलोपटक सडकमा उत्रेको नेपाली कांग्रेसको विरोध सभामा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले सरकार विरूद्ध अव बस्ती बस्तीबाट आन्दोलन चर्काउने बताएका छन् ।

कांग्रेसको भद्र र शालिनपनालाई कम्युनिष्ट सरकारले जिस्काएकाले त्यसको हिसाबकिताब गरिने बताए । नेपाली कांग्रेस डोटीले दिपायलमा आयोजना गरेको बिरोध सभामा गाउँ गाउँबाट कार्यकर्ताहरु सहभागि भएका थिए ।

हजारौंको संख्यामा उपस्थित बिरोध सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बलायरले नेकपाको झै झगडासंग कांग्रेसको लेनदेन नभएपनि जनताहरुका मागहरु प्रतिसमेत गैरजिम्मेवार तरिकाले प्रस्तुत भइरहेकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । मुख्यमन्त्री त्रिलोचन भट्टले अघिल्लो पटक गृहजिल्ला आएर प्रदेश राजधानीका बिषयमा झुट बोलेर गएको बताए । प्रदेश राजधानीका लागि आफुले प्रस्ताव दर्ता गर्दा पनि नेकपाका सांसदहरुबाट साथ नपाएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य एवम् केआईसिंह गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको राष्ट्रबादी नेताको छबि केवल जनताका आखामा छारो हाल्ने प्रबृति रहेको बताए । उनले कहिल्यै भारतका गुप्तचर भेट्ने कहिले चिनका राजदुत भेट्ने प्रबृतिले उनको राष्ट्रबाद कस्तो रहेछ भन्ने स्पष्ट भइसकेको बताए ।

महाधिबेशन प्रतिनिधी राम प्रसाद उपाध्यायले कम्युनीष्ट सरकारले भिलेन बनेकाले कांग्रेसमाथि हिरोको रोल खेल्नु पर्ने जिम्मेवारी आएको बताए ।

क्षेत्रीय सभापति बिजय खड्काले कम्युनिष्टहरुको हातमा सरकार सुम्पदा देश नै कठिन परिस्थितीमा पुगेको बताए । उनले कांग्रेसको काँधमा पुनः जिम्मेवारी आएको जिकिर गरे । अर्काक्षेत्रीय सभापति एवम् सिखर नगरपालिका प्रमुख सीताराम जोशीले कम्युनिष्ट सरकारले देश लुट्ने काम बाहेक अरु केही नगरेको बताए । प्रदेश सरकारले व्यत्तिका नाममा बजेट बिनियोजन भइरहेको आरोप लगाए ।

तरुण दलका अध्यक्ष नारायण बलायरले कम्युनिष्ट सरकारले का आधारभुत आवश्यकताहरु माग पुरा गर्नबाट पन्छिएको बताए । त्यस्तै दलित संघका अध्यक्ष लाल बहादुर बिकले दलितहरुमाथि कम्युनिष्ट सरकारले बिभिन्न सपनाहरु र आश्वासन बाडेर झुक्याउने मात्र काम गरेको आरोप लगाए । त्यस्तै महिला संघका तर्फबाट सभामा बोलेकी पार्वती चन्दले जनताहरुका माग प्रति गैरजिम्मेवार भएको बताए ।

नेपाली कांग्रेस डोटीका तर्फबाट उपाध्यक्ष लक्ष्मण सिंहले बिरोध सभामा उपस्थित सहभागिहरुलाई स्वागत गरेका थिए । कार्यक्रम जिल्ला सचिव नारायण जोशीले संचालन गरेका थिए ।

Related News

उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
  • २०७७ मंसिर २९

डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...

केपीले संसद विघटन मात्रै गरेका  होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
  • २०७७ मंसिर २९

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
  • २०७७ मंसिर २९

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...

TOP