२०७७ माघ ९, शुक्रबार
January 22, 2021, Friday

सरकारविरुद्धको आन्दोलनमा कांग्रेसका शीर्ष नेताहरु को-कहाँ जाँदैछन् ?

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध निर्धारण गरेको देशव्यापी आन्दोलनमा शीर्ष नेताहरु पनि सहभागी हुने भएका छन् । मंसिर २९ गते हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर जाने भएका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र सहमहामन्त्री डा. प्रकाशशरण महत झापामा हुने आन्दोलनमा सहभागी हुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनकाअनुसार केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले महोत्तरी, अर्नुनरसिंह केसीले कास्की, डा. रामशरण महतले चितवन, गोपालमान श्रेष्ठले काभ्रे, प्रकाशमान सिंहले धनुषामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन् ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का भने कुनै पनि जिल्लामा नजाने बताइएको छ । यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले सहभागिता जनाउने जिल्लाका बारेमा पनि टुंगो लागि सकेको छैन । स्रोतका अनुसार उनी सभापति देउवासँगै मकवानपुर जाने सम्भावना छ ।

मंसिर १९ गते बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको थियो । विरोध प्रदर्शन कार्यक्रममा सहभागिताका लागि पार्टीले प्रतिनिधि नतोके पनि नेताहरु जिल्ला कार्यसमितिको आमन्त्रणमा सहभागी हुन लागेका हुन् ।

तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक(पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ ।

Related News

सरकार निरंकुश बन्दैछ : सापकोटा
सरकार निरंकुश बन्दैछ : सापकोटा
  • २०७७ मंसिर २६

खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश
  • २०७७ मंसिर २६

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...

व्यवस्थित र सेवामुलक बन्दै सुजंङ्ग: पाठेघरका बिरामीले पाउँदैछन् विशेष स्वास्थ्य सेवा
व्यवस्थित र सेवामुलक बन्दै सुजंङ्ग: पाठेघरका बिरामीले पाउँदैछन् विशेष स्वास्थ्य सेवा
  • २०७७ मंसिर २६

डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य...

TOP