२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सरकार विरुद्ध डोटीमा पनि प्रदर्शन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाँदा गरिएको व्यवहारविरुद्ध डोटीमा बिहिबार पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल दलित संघको अगुवाईमा सदरमूकाम सिलगढीमा कांग्रेसका नेताकार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
बुधबार तनहुँको व्यास नगरपालिकाको बुम्दी खोलामा निर्माण भएको पुल उद्घाटन गर्न गएका नेता पौडेललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सो क्षेत्रमा निषेधाज्ञाको आह्वान गरेको थियो । नेता पौडेलले सुनुयोजित ढंगबाट निषेधाज्ञा आह्वान गरिएको भन्दै निषेधाज्ञा तोडेर उद्घाटन गर्न अघि बढेका थिए ।
त्यसपछि प्रहरीले उनलाई धरपकड गर्दै गिरफ्तार गरेको थियो । व्यापक दबाबपछि बुधबार साँझ नै उनलाई रिहा गरिएको थियो ।
जसकाविरुद्ध नेपाली कांग्रेस र निकट संगठनहरुले देशव्यापी प्रदर्शनहरु गरेका छन् । सोही क्रममा डोटीमा पनि बुधबार साँझ र बिहिबार प्रदर्शन भएका छन् ।
बिहिबार सिलगढीमा गरिएको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि एबं डोटी कांग्रेसका पूर्वउपसभापनि रामप्रसाद उपाध्यायले तनहुँ घटना लोकतन्त्रमाथिको आक्रमण रहेको बताए । ‘त्यो घटना पुल उद्घाटन गर्न गरिएको रोकावट मात्रै होईन् । लोकतान्त्रित बिधि, पद्धतिमाथिको आक्रमण हो,’ उनले भने,‘यो घटनाले कम्युनिष्ट तानाशाह प्रबत्तिको प्रदर्शन भएको छ ।’
सोे क्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबं दलित संघ डोटीका अध्यक्ष लालबहादुर बिक, क्षेत्रीय सभापतिहरु बिजय खड्का र सीताराम जोशी, जिल्ला कार्यसमिति सदस्यहरु सुशिल घर्ती र भेषराज जोशी, पूर्व क्षेत्रीय सभापति बम बहादुर कठायत र दलित नेता डम्बर बिकले पनि सम्बोधन गरेका थिए ।
यस्तै सोही घटनाकोविरुद्धमा नेपाली कांग्रेस आदर्श गाउँ कमिटिले पनि गाउँपालिकाको केन्द्र मौवानगरदहमा प्रदर्शन गरेको छ ।


बुधबार राती नेपाली कांग्रेसका अगुवा नेताकार्यकर्ताहरुले दिपायलमा पनि टायर बालेर प्रदर्शन गरेका थिए ।
सरकारले सो घटनाप्रति सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने माग गरिएको छ ।
यसैबीचमा बिहिबार नेता पौडेलले तनहुँमा शक्तिप्रदर्शनसहित सो पुलको उद्घाटन गरेका छन् ।

https://www.facebook.com/183726795686733/posts/746782296047844/

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर १८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP