२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई

डोटी- नेपाली कांग्रेस डोटीका क्रियाशिल सदस्य गोकर्ण मल्लको निधन भएको छ । शिखर नगरपालिका– पचनाली निवासी मल्लको ७१ वर्षको उमेरमा निधन भएको हो ।

मधुमेहका विरामी मल्लको मंगलबार साँझ ७ः ४० बजेको समयमा निधन भएको परिवार स्रोतले जनाएको छ । भारतको मुम्बैमा रहदा समेत लोकतन्त्रका लागि योगदान पु¥याएका मल्ल युवाअवस्था देखिनै पार्टीमा सक्रिए थिए ।

मल्लको बुधबार सेती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस डोटीका सदस्य जित बहादुर खड्काले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । जिल्ला सदस्य खड्का, नेपाली कांग्रेस वर्दियाका सचिव जीवन मल्लले स्व. मल्लले लोकतन्त्र संस्थागत गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । मल्लको निधनले डोटीको राजनीतिमा अपुरणीय क्षति पुगेको खड्काले बताए ।

स्व. मल्ललाई स्मरण गर्दै एक मिनेट मौन धारण गरिएको थियो । स्व. मल्लका तीन छोरा, दुई छोरी छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर १७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP