
डोटी- बडीकेदार गाउँपालिकामा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन बिस्तार गरिएको छ । गाउँपालिका स्तरीय प्रथम अधिवेशनले केशब बमको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
दरुण दल बडीकेदारको उपाध्यक्षमा मोहन मल्ल, सचिवमा प्रकाश लामा , कोषध्यक्षमा हिरा कुमारी खत्री, सह–सचिवमा कुशल सिंह देउबा चयन भएका छन् । सदस्यहरुमा खिमा देबि कलेल, दिपक साउँद प्रकाश बिक, बम बआदुर पनाडी, झरना भुल, प्रकाश मन्नी, पदम काठायत , दिपक बोहरा, आशिश घर्ति, लोकेन्द्र साउद, बिर बहादुर मौनी र दिपेन्द्र बोहरा चयन भएका छन् ।
गाउँपालिका स्तरीय दरुण दलका संयोजक बीर बहादुर कलेलको सभापतित्वमा भएको अधिवेशनमा नेपाली काँग्रेसका डोटीका सचिव नारायण जोशी प्रमुख अतिथि रहेका थिए । तरुल दल डोटीका अध्यक्ष नारायण बलायर बिशिष्ट अतिथि रहेको उक्त कार्यक्रमा नेपाली कागे्रस जिल्ला कार्यसमिति सदस्य भैरब साउद, काँग्रसका नेता पदम राज जोशी, बडीकेदार गाउँपालिकाका उपाध्यक्ष ईन्द्रा भाँट बोहरा, काँग्रेस नेता हर्क विष्ट, नेवि संघ डोटीका अध्यक्ष गणेश खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन तरुण दलका डोटीका सदस्य शिद्ध बिस्टले गरेका थिए ।

तरुण दल डोटीका अध्यक्ष बलायरले नव निर्वाचित कार्यसमितिलाई स्वागत गर्दै तरुण दलको नीति नियम र विधानमा रहि संस्थागत हितका लागि कार्य गर्न आग्रह गरेका थिए । बलायरले मुलुकामा आएको परिवर्तन र माउ पार्टीको संगठनलाई बलियो बनाउँन तरुण दलका युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताए । अहिलेको सरकार भ्रष्टाचार र अपराधमा लिप्त भई कानुनि राज्यको समेत खिल्ली उडाउदै दुई तिहाइको दम्बमा देश लुटिरहेकाले दरुण दलका युवाहरु एकजुट भएर सरका गलत कार्य र नीतिका बिरुद्ध खरो रुपमा उत्रिनु पर्ने आवस्यता भएकाले तयार रहन आह्वान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली काँग्रस डोटीका सचिव नारायल जोशीले पार्टीलाई उचाइमा पु¥याउन तरुण दलले देखाएको सक्रियता र भुमिका प्रति पार्टी सधै आभारी रहेको बताए । राष्ट्र निर्माणको बलियो खम्बा, परिवर्तनको सम्वाहक लोकतान्त्रित युवाहरुको संगठ नेपाल तरुण दल पार्टीको बलियो आधार भएको बताउँदै जोशीले पार्टी र संगठनको नीति नियममा अडिक भएर कार्य गर्न अनुरोध गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
सचिव जोशीले देशको पछिल्लो अवस्था, सरकारका अनैतिक क्रियाकलापका बिरुद्ध अझ एक चोटी तरुणहरु जुरमुराउन आवस्यक रहेको बताए । कोभिड १९ को महामारीका कारण देशका लाखौं तरुणहरु व्यरोजगार हुनु परेको एउटा दुःखद अवस्थासँगै परदेशमा खेर गइरहेको युवा परिश्रम स्वदेश फर्किएको सुनौलो मौकाको सरकारले सदुपयोग गरी ठोस योजना ल्याउनु पर्ने जोशीले बताए । सरकारले युवा स्वरोजगारसँगै राष्ट्र निर्माणमा युवा जनशक्ति प्रयोग गर्ने योजना ल्याउनु पर्नेमा सरकार आफै भ्रष्टाचार र कार्यकर्ता आफन्त पोस्नमा व्यस्त रहेकाले त्यसको प्रतिबाद, सिस्टमको विकास र मुलुकको परिवर्तनका लागि जनताले तरुण संघर्षको आवस्यकता महशुस गरिरहेको बताए ।
नव निर्वाचित अध्यक्ष बलमे आफुलाई तरुणको नेतृत्व गर्न सक्षम ठानेर गरिमामय संगठन तरुण दलको अध्यक्षमा चयन गरेको प्रति आभर प्रकट गर्दै संगठन र पार्टीको हितका लागि कटिबद्ध भएर लाग्ने बताए । पार्टी र अग्रज व्यक्तित्व र जनताले आफुहरु प्रति गरेको विश्वास, अपेक्षाको कदर गर्दै संगठनलाई बलियो बनाउँदै गलतका बिरुद्धामा युवा जोश र शक्ति प्रयोग गर्ने अध्यक्ष बलमे बताए ।
बडीकेदार गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली काँग्रेसकी नेतृ ईन्द्रा भाँट बोहराले नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेकी थिइन् ।

अधिवेशनमा नेकपा पार्टी परित्याग गरेर ५२ जना युवाहरु काँग्रेस प्रवेश गरेको तरुण दल अध्यक्ष बलायरले जानकारी दिए । सरकारको अलोकप्रिय कार्य, भ्रष्टाचार, कार्यकर्ता पाल्ने योजना र जनमतको गलत फाइदा उठाउने गलत नैतिकताका कारण सो पार्टीमा रहन नचाहेकाले लोकतान्त्रीक पार्टी काँग्रेसमा प्रवेस गरेको नव प्रवेसिलाई उदृत गर्दै बलायरले बताए ।

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...