२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

बिपी जयन्तिको अवसरमा अस्पताल र बृद्धाश्रममा फलफुल वितरण

चक्र बलायर,डोटी- नेपालका प्रथम जन निर्बाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको १ सय ७ औ जन्म जयन्ति आज डोटीमा पनी मनाइएको छ ।

कोरोनाको कहरका बिच औपचारीक कार्यक्रमको आयोजना नगरीएपनी अस्पतालका बिरामी र बृद्धाश्रमका बृदाहरुलाई फलफुल बितरण गरेर बिपिको जन्मजयन्ती मनाइएको हो । बिपि कोइराला युबा नेतृत्व बिकास मञ्च डोटीले बिपिको जन्म जयन्तिका अबसरमा डोटी अस्पतालका बिरामि र सिलगढी स्थित पुज्य धर्मान्तक बृद्धा श्रमका बृदाहरुलाई फलफुल बितरण गरेको हो । कोरोनाको कहरका बिच औपचारीक कार्यक्रमको आयोजन गर्न असम्भब भएका कारण गरीब र दुखिहरुलाई सहयोग गर्नुपर्ने बिपिको सिदान्त अनरुप बिरामि र बृद्धाहरुलाई फलफुल बितरण गरीएको मञ्चका डोटी अध्यक्ष रघु कठायतले बताए ।

नेपाली राजनीतिमा सर्वाधिक रुचाइएका र आदर गरिने नेताका रुपमा स्मरण गरिने कोईरालाको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । उहाँ २०१५ सालमा नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको सरकारले गरेका लोकप्रिय कामहरुबाट डराएर तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते उहाँलाई अपदस्त गरेर पंचायती शासन व्यवस्था लागु गर्नुभएको थियो । त्यसपछि पंचायती शासनका विरुद्धमा र प्रजातन्त्रका पक्षमा संघर्ष गर्दा गर्दै २०३९ साल साउन ६ गते उहाँको निधन भएको थियो । पछिल्लो समय कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बिपिको सिदान्त र योगदान बिर्सिदै गएको आरोप लाग्दै आएको छ । तर नेपाली कांगे्रस डोटी क्षेत्र नम्बर १का सभापती बिजय खड्का बिपिको आदर्स र सिदान्त भुल्न नहुने बताउनु हुन्छ ।

बिपि कोइरालालाई नेपाली राजनीतिकसँगै साहित्यको क्षेत्रमा पनि शिखर व्यक्तित्वका रुपमा लिइन्छ । उहाँका थुप्रै कृतिहरु अहिले पनि उत्तिकै लोकप्रिय र दिर्घकालिन महत्वका रहेका छन् । त्यसैगरी उहाँले जोड दिनेगरेको राष्ट्रियता, समाजवाद, लोकतन्त्र, मेलपिलापलगायतका सैद्धान्तीक विषय अहिले पनि बहुस्विकार्य छन् ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७७ भाद्र २५

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP