२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

पूर्वएमालेका च्याउसरी प्रतिष्ठान : मदन भर्सेस पुष्पलाल !

विषालु सर्प पाल्नेदेखि एकापसमा ‘विषवमन’ गर्नेसम्म

अनलाइनखबर, काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ६ सदस्यीय कार्यदलले पार्टीभित्रका ‘प्रतिष्ठान’हरुको नियमनका लागि अर्को कार्यदल बनाउने सुझाव दिएको छ । यद्यपि, माओवादी खेमाका नेताचाहिँ यो समस्या पूर्वएमालेको ‘बिरासत’ भएको बताउँछन् ।

पूर्वएमाले नेताहरुका अनुसार अहिले पार्टीभित्र उठाइएको विवाद मुख्यतः राष्ट्रपतिकी छोरीले नेतृत्व गरेको मदन भण्डारी फाउन्डेसनको हो । र, यो विवाद अहिले उब्जिएको नभई पूर्वएमालेभित्र माधव नेपाल महासचिव भएकै बेलादेखिको हो ।

विभिन्न नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको चर्चा गर्नुपूर्व यी प्रतिष्ठानका विषयमा नेकपा कार्यदलले के सिफारिस गरेको छ भन्ने स्मरण गरौं ।

प्रतिष्ठानहरुका सन्दर्भमा नेकपा कार्यदलले यस्तो भनेको छ–

पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघ संस्था परिचालित छन् । यीमध्ये अधिकांश गुटवन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्छ । त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरुमा पाटीका नेता कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने । प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिनाभित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने । (कार्यदलको प्रतिवेदन बुँदा नम्बर १६)

अब नेकपाभित्रका प्रतिष्ठान र व्यक्तिपिच्छेका संस्थाका बारेमा चर्चा गरौं ।

मदन भण्डारीका नाममा चौगुट

विसं. २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भयो । त्यसपछि माधव नेपालले पार्टीको कमाण्ड सम्हाले । पार्टीकै तर्फबाट संस्थागतरुपमा मदन–आश्रित स्मृति प्रतिष्ठान गठन भयो ।

अहिलेसम्म आइपुग्दा मदन भण्डारीका नाममा चारवटा प्रतिष्ठान र स्मृति केन्द्रहरु छन् । पञ्चायती संस्कृतिकै सिको गर्दै राजमार्ग, अस्पताल र कलेजहरुको नाममा मदन भण्डारीको फुर्को झुड्याउने क्रम तीब्र बनेको छ । मुख्यतः मदन भण्डारीका नाममा पार्टीभित्र चलेका संस्थाहरु चारवटा छन् ।

पुरा समाचार पढ्नुहोस्


Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र १७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP