२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

दिपायल सिलगढी नगरपालिकाको सिंगो दलित बस्ती काङ्ग्रेसमा प्रवेश

डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेना र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ ।
बिगतको सदरमूकामसंगको सन्निकटताले पनि विकासले नछोएको यो क्षेत्र नगरपालिकामा गाँभ्दा थुप्रै सपनाहरु बाँडिए । सहरी क्षेत्रमाझैँ विकास निर्माण, गरिबीले थलिएका परिवारहरुको आयस्तर अभिवृद्धि लगायतका सपनाहरुले पुलंकित बनाईए । ‘तीनै सपनाहरुमा हामीले धमाधम एमाले(तत्कालिन नेकपा एमाले)लाई भोट दियौँ,’ कलेनाको गैरा गाउँका युवा नवराज विकले भने,‘एकवर्ष, दुईवर्र्ष हुँदै तीनवर्ष बिते । विकासको छेउटुप्पो देखिएन् ।’

यसरी निराश बनेका युवाहरु कम्यूनिष्ट पार्टीप्रति बिरक्तीएर धमाधम कांग्रेस प्रवेश गरिरहेका छन् । शुक्रबारमात्रै सोही वडाको गैराका ३६ जना दलित युवाहरु कांग्रेस प्रवेश गरे । ‘कांग्रेसका नेताहरु विगतमा कम्यूनिष्टको देखाउने दाँत अर्कै, खाने अर्कै हुन्छ भन्नुहुन्थ्यो । सत्य रहेछ,’ नवराज भन्छन्,‘यो देशको जग बसाउने, विकास गर्ने, समावेशी आवाज बोल्ने पार्टी कांग्रेस नै रहेछ । त्यसैले कांग्रेस प्रवेश गरेका हौ ।’

उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीचमा नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का सभापति विजय खड्काले सदस्यता वितरण गर्दै स्वागत गरे । ‘नेपाली कांग्रेसप्रतिको विश्वास जागृत भएर उहाँहरु प्रवेश गर्नुभयो,’ नेता खड्काले भने,‘कम्यूनिष्ट सरकारको परीक्षणपछि जनताहरु कांग्रेसप्रति नै बढी विश्वास गरिरहेका छन् । जसको हामी उच्च सम्मान गर्छौ ।’ कांग्रेसले बिगतमा पनि जनमतको कदर गरेको उनले बताए । ‘कांग्रेसले जनताले दिएको विश्वासको मतको कहिल्यै अवमूल्यन गरेन् । तर विभिन्न प्रोपगण्डाहरुका बलमा जनतालाई कांग्रेसबिरुद्ध गुमराहमा राख्ने कोशिस गरिएको थियो । त्यसबारे जनताहरु बल्ल बुझ्दैछन्,’ उनले भने ।

कांग्रेसप्रतिको विश्वास बढेपछि कलेनाका यूवाहरु आफै कांग्रेस नेतालाई बोलाएर प्रवेश गरिरहेको स्थानीय युवा नेता शेर साउँदले बताए । उनले भने, ‘यो देशको विगत र आगत दुबै कांगेस हो भन्नेमा जनता बुझ्दै गएका छन् । त्यसैले दलित युवाहरुले आफै बोलाउदा गाउँ गएर पार्टी प्रवेश कार्यक्रम चलाईएको हो ।’

केहीदिनअघि कलेनाकै ६१ जना युवाहरु कांग्रेस प्रवेश गरेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP