२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

घर भत्केर ज्यान गुमाएका परिवारलाई डोटी काँग्रेसद्वारा नगद हस्तान्तरण

आदर्श गाउँपालिका–१ बाँझककानीमा घर भत्किएर चारजना मृत्यु भएका परिवारलाई नेपाली कांग्रेस डोटीले राहत उपलब्ध गराएको छ ।

नेपाली कांग्रेस डोटीले स्थापना गरेको आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरिया खर्च बाफत १० हजार गरी २० हजार रकम हस्तान्तरण गरेको हो । दलित संघका अध्यक्ष तथा महाधिबेसन प्रतिनिधि लाल बिकले परिवारका ४ जना गुमाएकी पीडित घाईते महिला पाना लुहारलाई उपचार गराई रहेको शैलेश्वरी अस्पतालमै गएर नगद हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा क्षेत्रीय सभापति विजय खड्का, जिल्ला सदस्य जित खड्का लगातका नेताहरुको सहभागिता रहेको थियो । सहभागी नेताहरुले रकम हस्तान्तरण संगै घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कांग्रेस डोटीले पीडित परिवारको उपचार तथा राहतको ब्यवस्था गर्न तीन तहकै सरकार र सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै आदर्श गाउँपालिका वडा नं. १ बाँजककानी काँग्रेसले पनि पीडित परिवारलाई नगद ९ हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेको छ । पीडित परिवारलाई तत्कालका लागि हातमुख जोर्न अफ्ठेरो नपुगोस् भनेर काँग्रेस वडा समितिले सहयोग गरेको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले शिखर समाचारलाई जानकारी दिए ।

आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको थियो । सुतिरहेका अवस्थामा भित्र सुतिरहेका २६ वर्षिया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते छन् । उनीहरुरुको दिपायलमा उपचार भईरहेको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ श्रावण २७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP