२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

बाबुराम भट्टराईले भने– कुछ तो शरम करो यारो !

प्रदेश २ को नामकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै सो प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् ।

‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन ?’ भन्ने प्रश्न उनले उठाएका हुन् ।

बुधबार ट्वीट गर्दै उनले ‘पूर्वमाओवादी’ नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । अन्त्यमा उनले लेखेका छन्, ‘कुछ तो शरम करो यारो !’

उनको ट्वीटमा प्रतिक्रियाको ओइरो लागेको छ । कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् भने कतिपयले जातीय राज्यको पक्षमा वकालत नगर्न सुझाव दिएका छन् ।


Baburam Bhattarai@brb1954
·4hजब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो!

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७६ चैत्र ५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP