२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

स्थानीय तहलाई काँग्रेसको ध्यानाकर्षण पत्र

स्थानीय तहहरुमा कोभिड-१९ कोरोना भाइरस नियन्त्रणका प्रयास र कार्यक्रम प्रभावित हुन नसकेको भन्दै नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले बुधबार क्षेत्रका पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोभिड-१९ को परिक्षणका लागि भरपर्दो विधि पिसिआर मेसिन खरिद गरि प्राविधिक समेतको ब्यबस्था मिलाउनु पर्ने , हाल संचालनमा आएका क्वारेन्टाइनहरुको मापदण्ड पूरा नभएकोले ब्यबस्थित पार्नु पर्ने , कोरोनाका कारण बालबालिका तथा गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण हुन नसकेकोले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाइनु पर्ने माग गरेका छन ।

यस्तै कोरोना शिर्षकमा गरिएको खर्चको बिबरण सार्वजनिक गरिनु पर्ने लगायतका ९ बुँदे ज्ञापनपत्र जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकालाई नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले बुझाएको हो ।

संविधान सभा सदस्य दिवान सिंह बिस्ट,क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय,महासमिति सदस्य एवं स्कुल अफ डेमोक्रेसी कंचनपुर का अध्यक्ष पुस्कल चौधरी,महासमिती सदस्य भरत बिस्ट,पुनर्वास नगरपालिका का छाया नगर प्रमुख तोयानाथ शर्मा,महादिवेशन प्रतिनिधि हरेन्द्र बिस्ट,पुनर्वास नगर सभापति यम प्रसाद पौडेल,नेका जिल्ला सदस्य जनक धामी,धर्म राज्क जोशी,ने।वि।संघ शंकर देब ईकाई सचिव एवं चर्चित बिद्यार्थी नेता मद्नराज उपाध्याय,ने.वि. संघ कैलाली बहुमुखी क्याम्पस का नेता गणेश जोशी,ने.वि. संघ नेता मदन गिरि लगायत का पार्टीका नेता गण र सम्पुर्ण भातृ संघसंगठनका नेता कर्याकर्ता को उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ असार ३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP