२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

क्वारेन्टीन निरिक्षणमा डोटी कांग्रेस

डोटी- नेपाली कांग्रेस डोटीले जिल्लामा रहेका क्वारेन्टीनहरूको निरिक्षणको थालनी गरेको छ । जिल्ला सभापती प्रदीप देउवाको नेतृत्वको टोलीले निरिक्षणको थालनी गरेको हो । यसक्रममा बुधवार दिपायल सिलगढी नगरपालिका-४ मा रहेको कुमालीको माध्यामिक विद्यालयको क्वारेन्टीनको निरीक्षण गरिएको छ ।’

‘देशमा जताततै क्वारेन्टीनमा नागरिकहरूले सास्ती भोग्नुपरेको, क्वारेन्टीक संक्रमणको स्थल बनेको लगायतका समाचार सुनिए,’सभापती देउवाले भने,’त्यसैले डोटीका क्वारेन्टीनको अवस्था के छ ? भनेर जानकारी लिन पार्टीले निरिक्षण थालेको छ । ‘अब बिस्तारै नमुनाका रूपमा जिल्लाका अन्य स्थानमा रहेका क्वारेन्टीनको पनि निरिक्षण गरिने उनले बताए । ‘सबैमा त कति सम्भव हुन्छ । नमुनाका रूपमा जिल्लाका सबैजसो स्थानका केही क्वारेन्टीनमा पुग्छौ । अन्यमा पार्टी संयन्त्रमार्फत सूचना संकलन गर्छौ,’उनले भने ।

क्वारेन्टीनको अवस्था संगसंगै कोभिड-१९को महामारीको प्रकोप र त्यसले सिर्जना गरेका समस्याहरूबारे पनि समुदायस्तरबाट समस्या अध्ययन गरेर पार्टीले उपयूक्त पहलकदमी गर्ने सभापति देउवाले बताए । उनले भने,’समुदायमा देखिएका समस्या पहिचान गरेर सरकारलाई सुझाव र दवाव दिएर जिम्मेवार बनाउने हाम्रो अभियानको दायित्व हुन्छ । यसबाहेर सकेको सहयोग पनि गर्छौ ।’

क्वारेन्टीन जाँदा खाजा सामाग्री पनि लिएर जानेगरेको काँग्रेस डोटी क्षेत्र नम्बर-१ का सभापति बिजय खड्काले बताए ।

बुधवार क्वारेन्टीन निरिक्षण गर्दा जिल्ला सभापति देउवा, क्षेत्रीय सभापति खड्काका साथै जिल्ला कार्यसमितिका सचिव नारायण जोशी र नेविसंघका नेता दीपेन्द्र सिँह रहेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार ३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP