२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

रहेनन् वडा सदस्य भानी बलायर

डोटी- शिखर नगरपालिका वडा नं ८ का वडा सदस्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य भानी बलायरको शुक्रबार निधन भएको हो ।

उनको तिलताली स्थित आफ्नै निवासमा मृत्यु भएको हो । ७५ वर्षीय बलायर लामो समयदेखि किट्नी र जण्डिसको समस्याबाट पीडित थिए ।

बलायरको आजै सेतीघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थीव शरिरमा नेपाली काँग्रेस शिखर नगरपालिका सभापती हर्कबहादुर बोगटीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

दाहसंस्कार कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ता, जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो भने एक मिनेट मौनधारण गरिएको थियो ।

बलायरका श्रीमती, ४ छोरा, १० नाती नातीना र ४ भाइ छन् ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०७७ जेष्ठ १६

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP