२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

नेविसंघले शुक्रबार सरकार बिरूद्ध देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै शुक्रवार देशभर प्रदर्शन गर्ने भएको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विहीबार एक विज्ञप्ती जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको बताएका हुने। अध्यादेशविरुद्ध शुक्रवार विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा सांकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे । 

अध्यक्ष ढुंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गर्न लागेको बताए। सामाजिक दुरी कायम राख्दै लकडाउनको नियम पालना गरी १० मिनेट प्ले कार्ड तथा कालो झण्डा बोकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गर्न उनले आग्रह गरेका छन् ।

विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले निरंकुश हुने बाटोमा उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।

सरकारले केही दिन अगाडि जारी गरेका संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै अध्यादेशहरु असंबैधानिक, अराजनीतिक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएकोले उक्त बिधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महामन्त्री युवराज पाण्डेयले बताए। 

शुक्रवारको कार्यक्रम सामाजिक दुरी कायम गरि, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक रुपमा गर्ने अर्का महामन्त्री बलदेव तिमल्सिनाले बताए।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख १२

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP