काठमाडौं– लकडाउनकै अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बिहानै सडकमा निस्किएको छ । बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो ।
संसद भवन अगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको हुँदा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएको नेता संविधानसभा सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्णले बताए ।

सो क्रममा कांग्रेस नेता कर्णले लोकतन्त्र नै संकटमा परेका कारण लोकतन्त्र दिवसकै दिन प्रदर्शन गरिएको बताए । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्नु कांग्रेसको कर्तव्य रहेको भन्दै नेता कर्णले सामाजिक दूरी कायम राखेर सरकारविरुद्ध अझ कडा प्रर्दशन गरिने बताए ।

युवा नेता क्षितिज भण्डारीले कोरोना विरुद्ध लड्ने बेलामा सरकारले जनताका अधिकार हनन गर्दै, भ्रष्टाचारमा लिप्त भएर अराजनीतिक अध्यादेश ल्याएका कारण सडकमा उत्रिनुपरेको बताए । प्रदर्शनमा युवा नेता क्षितिज भण्डारी, विद्यार्थी नेताहरु ऋषि कोइराला, योगेश भट्ट, बिनोद शाही ठकुरी, महेन्द्रराज जोशी, भूपेन्द्र जोशी लगातय उपस्थित थिए । विद्यार्थी नेता भुवन भट्टको संयोजनमा प्रदर्शन गरिएको हो ।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...