काठमाडौं- नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण महोत्सव फरक ढंगले मनाउने भएको छ । नेविसंघले डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने भएको हो ।
वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा संघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार एक सर्कुलर जारी गर्दै डेरामा रहेका विद्यार्थीलाई सहयोग गर्न जिल्ला समिति र क्याम्पस इकाईलाई आग्रह गरेका छन् ।
कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले उनीहरुलाई सहयोग गर्ने भएको हो । सर्कुलरमा सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्नेलगायत निर्देशन दिइएको छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...