२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

जनतासँग मुख्यमन्त्रीको ‘अप्रिल फुल’

पवन महरा

अप्रिल फुल भन्ने बित्तिकै हामी झुट बोल्ने, ढाँट्ने र अरुलाई मुर्ख बनाउँने दिन भनेर बुझ्छौं । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ । त्यसै गरी आज पनि अप्रिय फुल परेको छ । नेपालीमा ’फुल’लाई “मूर्ख“ भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

तर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडका जनताहरु संग सधै अप्रिल फुल बनाइ रहन्छन् । डोटी निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित मुख्यमन्त्री भट्टको हातमा पुरै प्रदेश छ । प्रदेश सरकारका विकासे कार्यक्रम, भौतिक पुर्वाधार निर्माण, कार्यकर्तामुखी योजना, आर्थिक अनियमितता, पदिय दुरुपयोग, कर्मचारी तहसनहस जस्ता धेरै बिषयबस्तुमा गरिएका अप्रिल फुलका बारेमा मिडियामा धेरै कुराहरु आइसकेकाछन् । अझै आउलान् । तर आज मुख्यमन्त्रीले राजधानीका बिषयमा जनता संग बनाएको कटु यथार्थ परक ‘अप्रिल फुल’ का बारेमा चर्चा गदैछु ।
पछिललो समय कोरोना भाइरस (कोभिड –१९) को त्रासका कारण नेपाल सहित पुरै विश्व त्रसित रहेको छ । मुलुक पुर्ण रुपमा लकडाउनमा छ । जनतालाई घरबाहिर ननिस्कन कडा निर्देशन दिइएको छ । यहि मौकालाई छोपेर डोटी तथा पहाडबासि माथि अप्रिल फुल बनाइएको छ । यो समयमा जनताले आन्दोलन समेत गर्न नसक्ने बातबरणको मौका छोप्दै सुदूूरपश्चिमाञ्चलको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको तत्कालिन सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल तथा सुदूरपश्मि क्षेत्रीय प्रहरी अस्पताल दिपायल तत्काल सार्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय मातहतको भौतिक पूर्वाधार निर्देशनालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको आर्थिक प्रशासन शाखालाई पत्र पठाउँदै उक्त व्यवस्थापन गर्न आग्रह गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा भएपनि कार्यालय प्रमुखले कैलालीमै आफ्नो दैनिकि बिताउँने गरेका थिए । यसमा समेत प्रदेश सरकारले कुनै पहल गर्न सकेन । यो संगै डोटीमा भएका धेरै कार्यालयहरु तराइका जिल्लाहरुमा सारि सकेको छ । प्रदेश स्वास्थ्य कार्यालय डोटीमा छ सबै काम कैलालीबाट हुँदै आएको छ । डोटीको कार्यालय सुनसान छ बाँझो हुने अवस्थामा छ तर कैलालीमा लाखौं भाडा तिरेर प्रदेश स्वास्थ्य कार्यालय सञ्चालमा छ । कार्यालय प्रमुख पनि उतै दैनिकी चलाउँछन् । यि केही नमुना घटना हुन् यस्ता धेरै कार्यालयहरु छन् । केहि कार्यालय पुर्ण रुपमा त केही कार्यालयहरु आंशिक रुपमा डोटीबाट तराइका जिल्लाहरुमा सारिएको छ ।

मुख्यमन्त्री भैसके पछि डोटी आउँदा आफ्नो सम्बोधनमा उनले डोटीमा रहेका क्षेत्रीय कार्यालयहरु सारिने कुरा भ्रम मात्रै भएको भन्दै सबै कार्यालयहरु प्रदेशको मातहतमा आउँने र प्रदेश सरकारले डोटीमै एथावत राखिने बताउँदै आएका थिए । उनले राजधानी डोटी हुन नसके पनि यहाँका जनताहरुलाई अन्याय हुन नदिने भन्दै कार्यालय थप हुने तर नसारिने आस्वासन बाड्दै हिँडे तर त्यो भनाई अप्रिल फुल बन्यो । डोटीमा भएका कार्यालयहरु सारिदैंछन् । सरकारी संरचना सम्पतीहरु खेर जाने बाँझो हुने अवस्थामा छन् । तर अहिले मुख्यमन्त्रीले सरकारी कार्यालय सारिनुमा आफ्नो कुनै दोष नरहेको गैर जिम्मेवारी अभिव्यक्ति दिदै आएकाछन् । यो अप्रिल फुल हैन त ?

हेर्नुस् भिडियो

एक कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेशमै रोजगारीको अवसर सृजन गर्ने, कसैले पनि भारत लगायतका देशमा गयर अपमानित हुँदै काम गर्नु पर्ने अवस्था नआउँने समेत बताएका थिए । तर अहिले रोजगारीको अवसर त कहाँ हो कहाँ कोरोनाको त्रास, भारतमा व्यरोजगार भएर नेपाल फर्किएका युवारुहलाई नेपाल प्रवेश तथा सुरक्षित क्वारेण्टाइनमा समेत राख्न नसकेको अवस्थाले बैदेशिक रोजगारमा गएका सुदूरपश्चिमेलीहरु माथी समेत अप्रिल फुल बनाइएको छ । अहिले नेपाल प्रवेश गर्न नपाएका जनताहरु सिमापारी बाट गाली मागी रेकाछन् । छाती थापिरहेका छन् । यसले प्रदेश सरकारको असक्षमता प्रष्ट पारेको छ ।

हेर्नुस् भिडियो

आफ्नो चुनावी घोषणा पत्रमा समेत प्रदेशको राजधानी दिपायलमा राख्ने उल्लेख गरेका र त्यही सपना बाँडेका मुख्यमन्त्रीले अन्तमा कैलालीको गोदाबरीका पक्षमा मतदान गरे । यो पनि मतदाता माथिको अप्रिल फुल थियो । मतदाताका घरघरमा गएर राजधानी दिपायल तोक्ने र तोक्न नसके पद त्याग गर्ने उनको घोषणा आफैमा अप्रिल फुल थियो ।

निर्वाचन अघि राजधानी गुमाउँने डरले उमेद्वारलाई राजधानी डोटीमै राख्ने वाचा खुवायर मतदान गरेका यहाँका जनताहरुले निर्वाचन पछि आफ्नो अधिकार, एतिहाँसिकता खोसिने र सरकारी सम्पती संरचनाहरु खेर जाने डरले बिभिन्न समयमा रचानात्मक दवावमुलक कार्यक्रमहरु गर्दै गए । त्यो समय नेकपाबाट निर्वाचित नेताहरुले राम्रै सपोर्ट गरे । जव देउवा सरकारले अस्थायी मुकाम तोक्ने तयारी थाल्यो तव तत्कालिन सरकारको बिरोधमा सबै नेताहरु हुम्मिय सरकारले अन्याय गर्न लागेको ढोल पिट्न थालियो । जनताको भावना माथी राजनीति गर्ने र तत्कालिन सरकारलाई जनताका नजरम गिराउँने यो भन्दा ठुलो मौका कुनै थिएन । यसको अग्रपङ्तीमा मुख्यमन्त्री पनि थिए ।

यता डोटी डडेल्धुरा लगायतका ठाउँहरुमा पहाडी जिल्लाहरुमै राजधानी हुनु पर्ने माग राख्दै आनदोलन चर्किदै गयो । दिपायलमा कयौं ब्यक्ति घाइते भए । केहि ब्यक्ति अहिले पनि त्यो आन्दोलमा लागेको घाउको दुखाइ खेपिरहेकै छन् । अझै घाउ आलै छ । प्रदेश सरकारले त्यो घाउ झन् झन् कोट्याउँदै गएको छ । बरु कोट्याउँन मौका छोपिरहेको छ । राजधानीको आन्दोलनले पहाडी जिल्ला ठप्प भएको अवसरमा मुख्यमन्त्री लगायतको टोली काठमाण्डौं पुग्यो ।

काठमाण्डौंमा राजधानि दिपायल बनाउँने माग राख्दै तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको निवास पुगेर मुख्यमन्त्री लगायत धेरै नेताले सेल्फि र फोटो खिच्न थाले । फोटो फेसकुकमा टास्दै देउवाले दिपायल राजधानिका बिषयमा ज्ञापन पत्र बुझ्न नमानेको ढोल समेत पिटियो । उनिहरुका लागि यो ठुलो अवसर थियो । राजधानीमा माननिय प्रेम आले, माननिय त्रिलोचन भट्टको नेतृत्वमा राजधानि दिपायल बनाउनु पर्छ भन्दै दबाबमुलक कार्यक्रम पनि गरियो । कार्यक्रमलाई फेसबुकमा लाइभ ठोक्न पनि भ्याए । यो घटनाक्रम सम्म भट्ट प्रदेश सांसद मात्रै थिए ।

दिपायलमा आन्दोलन संगै धर्नाकाका कार्यक्रम जारि भए । धर्ना कार्यक्रममा डोटीबाट निर्वाचित भट्ट सहित सबै प्रदेश सांसदहरु सहभागी भए । उनिहरुले जसरी पनि राजधानी दिपायल तोक्ने र आफुहरुको पनि आन्दोलनलाई पुर्ण समर्थरहने बताए । त्यसपछि त्यो हुल डोटीबाट हरायो । डोटीमा आन्दोलन जारी थियो । नेकपाका नेता लेखराज भट्ट, भिम रावल लगायतका नेताले दिपायल राजधानिका बिरुद्ध बोल्न सुरु गरे । त्यसपछि प्रदेशको संरचानका लागि मुख्यमन्त्री, मन्त्री छनोटका लागि कसरत सुरु भयो । आन्दोलनलाई समर्थन छ भन्नेहरु, धर्नामा बस्नेहरुका मुख केही दिन बन्द भए । नेकपाका ठुला नेताका दैलामा ति अनुहार झल्किन थाले । मुखमा पदिय पट्टी बाँधिन थालियो । अनि त्या पनि आन्दोनकारी संग अप्रिल फुल बनाइयो ।

देउवा नेतृत्वको सरकारले तत्काल कामकाज संचालनका लागि धनगढीलाई अस्थायी मुकाम तोक्यो । कंग्रेस सबैले राजिनामा दिए । आन्दोलन झन् चर्कियो । यहि समयमा आन्दोलनलाई समर्थन छ भन्नेहरु दुलामा लुकेर कार्यकतालाई पुत्ला दहन गर्न निर्देशन दिइयो । यहाँ ठुलो राजनीति भयो । यहि क्रममा त्रिलोचन भट्टलाई मुख्यमन्त्री तोकीयो र उनलाई आन्दोलन मथ्थर पार्न प्रयोग गरियो । प्रदेश जिम्मा पाइसकेपछि यत्ति गर्न नसके उनको पद पनि त धरापमा थियो । यहि क्रममा डोटीमा राष्ट्रिय सभा निर्वाचन सञ्चालन गर्ने र सबै प्रदेश सांसद र जनप्रतिनीधि डोटी आउँने भएकाले उनिहरुलाई डोटीका संरचनाको अनुगमन गर्न लगाउँने , यहिँ राजधानी राख्न भुमिका खेल्ने भन्दै मुख्यमन्त्रीले जाल फ्याके त्यहि अनुरोप भयो । डोटेली बासिले खादा, माला , ढाका टोपी सहति पाउँ छुदै राजधानी यतै कायम गर्न अनुरोध गरे । आलाप विलाप गरे । ति सबै सांसद र जनप्रतिनीधिहरु काम फुत्केको चेहरामा टाउको मात्रै हल्लायर फर्किय । मुख्यमन्त्रीलाई दिएको जिम्मेबारी सफल भयो । उनको (अप्रिल फुल) मुर्ख बनाउँने सफल प्रयासको प्रशंसा हुन थाल्यो ।

जनतामा निराशा संगै आशा पनि बाँकी थियो । प्रदेश सरकारको दुई तिहाइ मतले स्थायी राजधानी तोक्ने अधिकार जो थियो त्यसले पहाडी र थारु सांसदहरुले डोटीका पक्षमा मत हाल्छन् भन्ने जनतामा आश थियो । त्यो नभए पनि डोटीका सांसदले मात्रै डोटीका पक्षमा मत हाले दुई तिहाइ नपुग्ने र स्थायी राजधानी तोक्ने प्रक्रिया रोकिनेमा जनता ढुक्क थिए । तर जनता माथि राजनीतिक , पदिय चलखेल सहितको अप्रिल फुल सुरु भयो । सबै सांसदहरुलाई गोदाबरीकै पक्षमा मत हाल्न नेकपाका ठुला नेता लेखराज सहितको कडा हुइप जारी भयो । पद समेत नरहने त्रास देखाइयो र एकलौटी मतदान गर्न निर्देशन गरियो । जनतालाई मुर्ख बनाइयो ।

स्थायि राजधानी तोक्नका लागि जव मतदान भयो । परिणाम अचम्म लाग्ने आयो । बाहिर जनता अचम्मित भए । पहाडका मात्रै होईन सुदूरपश्चिम नै अचम्ममा प¥यो । मानौं कुनै नयाँ चमत्कार नै भयो । पहाडका पक्षमा काँग्रेस सांसद बाहेक कसैले मत हाल्न सकेनन् । कसैले आँटै गरेन् । आन्दोलन, धर्ना, दवावमुलक कार्यक्रममा सहभागीहरु नै सत्तामा पुगेपछि पहाडलाई बिर्सिय । पहाडको माया मारे । जनता माथि भ्रमपुर्ण राजनीति गरे र आज अप्रिल फुलका दिन सम्म निरन्तर अप्रिल फुल बनाइरहे ।

अहिले विश्व कोरानाको त्रासमा छ । ठुला ठुला राष्ट्रहरु यसको चपेटामा परेका छन् । यदि महामारिको रुपमा यता पनि फैलियो भने हाम्रो जस्तो मुलुक, हाम्रो जस्तो प्रदेशले धान्न सक्ने अवस्था छैन । संकटमा परेको जनस्वास्थ्य र अहिलेको संवेदनशिल समयमा अप्रिल फुल नबाइदिनु होला । मतदाता बाँचेछन् भने अझै अप्रिल फुल बनाउँने दिन आउँछ । मुख्यमन्त्रीको अप्रिल फुलले मुर्ख बनेका प्रदेशबासिलाई लकडाउनको पुर्ण पालन गर्न अनुरोध गर्दछु । सरकारले जनस्वास्थ्यको रक्षागर्न सक्ने छाँटकाँट छैन । सरकार जनताको स्वास्थ्यप्रती संवेदशन शिल छैन कृपया जनता सरकारको अप्रिलफुलमा नपरि आफ्नो स्वास्थ्यको आफै हेरचाह गर्दै भाइरसबाट बच्न बिनम्रता पुर्वक अनुरोध गर्दछु ।

ह्याप्पी अप्रिल फुल !

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७६ चैत्र १९

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७६ चैत्र १९

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७६ चैत्र १९

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP