२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday
टोल–टोलमा संगठन विस्तार गर्दै कांग्रेस

सायल गाउँपालिका वडा नं. ३ मा टोल समिति, तरुण दल र महिला संघ गठन

डोटी- नेपाली कांग्रेसले वडा, पालिका हुँदै टोल–टोलमा संगठन विस्तार गर्न सुरु गरेको छ । शनिबार नेपाली कांग्रेस सायल गाउँपालिकाले गाउँपालिकाको वडा नं. ३ रावल गाउँमा कांग्रेसको टोल समिति, तरुण दल र महिला संघ विस्तार गरेको छ ।

सायल कांग्रेसले सो टोलमा ६४ जनाको उपस्थितिमा टोल समिति, तरुण दल र महिला संघ विस्तार गरेको संयोजक कांग्रेस नेता धर्मराज जोशीले जानकारी दिए ।

स्थानीय उदय रावलको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरिएको हो । त्यस्तै बिक्रम रावलको अध्यक्षतामा २३ सदस्यीय तरुण दल टोल समिति गठन गरिएको छ भने गंगा रावलको अध्यक्षतामा ११ सदस्यीय महिला संघ टोल समिति गठन गरिएको छ ।

टोल बैठकले टोलबाट ८ जनालाई कांग्रेसको क्रियाशिल सदस्यताका लागि सिफारिस गरेको नेता जोशीले बताए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ पुष १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP