२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

झुलाघाट नाका पाँच दिनका लागि खोलिने

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ।

मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने  भएको हो।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन्।  

‘लामो समयदेखि पेन्सन बुझ्न नपाएकाहरूका लागि हामीले नाका खोल्ने तयारी गरेका हौं। दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको हो’, उनले भने।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।  

पेन्सनधारी नागरिकहरूले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। 
नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आवतजावत गर्न पाउने प्रशाशनले जनाएको छ।  

नाकामा पेन्सनधारी र अन्यहरूले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्नेछ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७७ मंसिर ६

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP