२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

भारतबाट ३४ हजार बढी नेपाल भित्रिए

धनगढी- कोरोना भाईरसका कारण लकडाउनमा परेर भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक हजारौं नेपाली श्रमिकहरु नेपाल फर्किरहेका छन् । गत जेष्ठ २ गतेदेखि नेपाली श्रमिकहरुका लागि कैलालीको त्रिनगर भन्सार नाका खुला गरेपछि नेपालीहरु आउने क्रम बढेको हो । जेष्ठ दुई गतेदेखि आज १५ गतेसम्म त्रिनगर भन्सार नाका भएर ३४ हजार १५० जना नेपालीहरु भित्रिएका छन् । विहीवारसम्म २९ हजार ८०० जना नेपालीहरु नेपाल भित्रिएकोमा आज चार हजार तीन सय ५० जना थप नेपाल आएका हुन् । जसमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका साथै देशका विभिन्न जिल्लाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार यसरी भित्रिनेहरुमा सुरुको दिनमा आएका केहीको सिमामा ¥यापिड टेष्ट गरिएपनि त्यसपछिदेखि आज १६ गतेसम्म आएकाहरुलाई सामान्य ज्वरो नापेर मात्रै सम्बन्धित जिल्लामा पठाईने गरिएको छ । यस्तै कैलालीको त्रिनगर नाकाबाट आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा आज पनि उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार आज मात्रै चार हजार तीन सय ५० जनाको उद्धार गरीएको छ ।

आज उद्धार गरिएका कसैको पनि परीक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । आज ४३ सय ५० जनाको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठ महिनाका १२ दिनको अवधिमा ३३ हजार ५० जनाको उद्धार गरिएको छ । बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७, १३ गते ५ हजार दुई सय ४२ जना, १४ चार हजार सात सय ९४, हिजो चार हजार पाँच सय ६४ जना र आज चार हजार तीन सय ५० जनाको उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीर्को र्या्पिड टेस्ट गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई र्या्पिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो । ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।

यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि र्या्पिड टेस्ट समेत गरिएको छैन् । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ । तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाईनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ १६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP