२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

बेंग्लोरमा कार्यरत बझाङका दुई जनामा कोरोना संक्रमण

कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमको एक दम्पतीमा कोरोना संक्रमण भएको खुलेको छ। दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोरोना भाईर कोभिड–१९ पुष्टि भएको हो।

पहिले श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा बझङकी ति नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। 

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनलाई उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो। स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाईरस देखिएको हो। छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ। हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र २१

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP