२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

भारतको रुपैडिहामा रोकिएका नेपालीलाई एसएसबीले नाका पार गरायो

नेपालगञ्ज – भारतका विभिन्न शहरबाट नेपाल फर्किएका १ सय ५८ जना नेपालीले बाँकेको जयसपुरमा खुला आकाशमुनि रात विताएका छन्।

दुई वटा रुखमुनी उनीहरुले रात बिताएका हुन्। भारतको रुपैडिहामा रोकिएका उनीहरुलाई एसएसबीले रातिमा नाका पार गराइदिएपछि नेपालतर्फको खुला ठाउँमा उनीहरु बसिरहेका छन्।

खेतमै बसेका नेपालीलाई घर पठाउने वा क्वारेन्टाइनमा राख्नेबारेमा ठोस निर्णय हुन नसक्दा उनीहरु खुला आकाशमुनि बस्न बाध्य भएका हुन्।

उनीहरुलाई खाना र पानीको व्यवस्था गरिएको छ। सबैलाई स्वास्थ्य जाँच गरेर नजिकैको महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राख्न दबाब बढे पनि स्थानीय प्रशासनले त्यस विषयमा निर्णय गर्न सकेको छैन।

गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा अनिवार्य अनुमति लिनु पर्ने उर्दी जारी गरेपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यही रोकिएका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई यही क्वारेन्टाइनमा राख्ने कि सम्बन्धित जिल्लामा पठाएर क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७६ चैत्र १९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP