२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

भारतमा डोटीका एकजनाको मृत्यु

भारतमा डोटीका एकजनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका डोटीको बोगटान गाउँपालिका वडा नम्बर ७ का कलम पन्छालको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले महाराष्ट्रकै एक अस्पतालमा भर्ना भएका पन्छालको उपचारका क्रममा मृत्यु भएको बताए।

उनका अनुसार पन्छालको मृत्यु भएको खबर परिवारका सदस्यले आज मात्र थाहा पाएका हुन्। उनी दीर्घ रोगी भएपनि मृत्युको कारण भने शव परिक्षणपछि मात्र खुल्ने बताईएको छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र १५

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP