२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday

तक्माको तमासा : बढ्दै छ विभूषणको संख्या, घट्दै छ ओज

तीन महिनामै नियमावली संशोधन गरेर जथाभावी विभूषण वितरण, फ्रन्टलाइनका राष्‍ट्रसेवकलाई उपेक्षा

नवराज मैनाली/ काठमाण्डौं –

गत वर्ष ६ सय ३३ जनालाई विभूषण दिने निर्णय भएपछि सरकार आलोचित बन्यो । त्यसपछि गृह मन्त्रालयले विभूषणलाई ओजपूर्ण बनाउने बताउँदै त्यससम्बन्धी ऐन र नियमावली संशोधन प्रक्रिया अगाडि बढायो । ठूलो संख्यामा वितरण गर्दा यसको महत्व घटेको निष्‍कर्षसहित गत साउनमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गरी एक वर्षमा बढीमा दुई सयजनालाई मात्र दिने निर्णय गर्‍यो ।

सरकारले तीन महिनाअघिको आफ्नै निर्णय संशोधन गर्दै यसपटक पाँच सय ९४ जनालाई विभूषण दिने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा शनिबार सार्वजनिक गरिएको विभूषण सूचीमा धेरैजसो कर्मचारी र सत्तानिकट व्यक्तिको हालिमुहाली छ ।

सरकारका वरिष्‍ठ उपप्रधानमन्त्री अध्यक्षताको विभूषण सिफारिस समितिले विभूषित हुने व्यक्ति छान्छ । गत वर्षजस्तै यस वर्ष पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल समिति अध्यक्ष थिए । यसपटक पनि विभूषण वितरणमा विगतजस्तै विकृति देखिएको छ । विगतमा करिब तीन सय विभूषण वितरण हुनेमा पछिल्लो दुई वर्षमा करिब ६ सयलाई दिन थालिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भने आवश्यकताका आधारमा विभूषण नियमावली संशोधन गरिएको बताउँछन् । ‘कतिपय दिनैपर्ने व्यक्ति छुट्ने भएपछि दुई सयको मापदण्ड हटाइएको हो,’ उनी भन्छन् ।

गृहकै एक अर्का अधिकारी भने दबाबकै भरमा यसरी नियमावली संशोधन भएको र गृहमन्त्री रामबहादुर थापाले त्यसमा कुनै अडान लिन नसकेको बताउँछन् । ‘यसरी जथाभावी दिनु थियो भने पहिला किन नियमावली संशोधन गरेर संख्या तोकियो ?’ ती अधिकारी प्रश्न गर्छन् ।

पुरा समाचार पढ्नुहोस्

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ आश्विन ४

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ आश्विन ४

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ आश्विन ४

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP