२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कैलालीमाकरेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ मा चैतनपुर पूल निर्माणका क्रममा करेन्ट लागेर धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २७ बर्षीय घनश्याम कुँवरको मृत्यु भएको हो। खोलामा विद्युतको तार हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

मंगलबार दिउसो एक बजेर ४० मिनेटमा करेन्ट लागेर घाईते भएका कुँवरलाई उपचारका लागि पदमा अस्पताल अत्तरिया ल्याईएको थियो।

अवस्था गम्भिर भएपछि उनलाई उप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

Related News

एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति
एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति
  • २०७६ चैत्र ५

दिपायल – शिखर नगरपालिकाले एसईईमा डोटी जिल्ला टपर भएका छात्रलाई...

TOP