२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

शिखर नगरपालिकाका मेयर दिपायल सिलगढी नगरपालिकाको फोहर उठान थालेपछि

डोटी- आइतबार सरकारको विरोधमा दिपायलमा जम्मा भएका कांग्रेस नेता कार्यकर्ताहरुले दिपायल बजार सरसफाई गरेका छन् । जिल्लाको सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाको वडा नं. ४ मा पर्ने जिल्लाको मुख्य व्यापारीक केन्द्र पिपल्ला बजार सरसफाई गरिएको हो ।

साविकको क्षेत्रीय सदरमुकाममा पर्ने उक्त बजारको सरसफाईमा कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री वीरबहादुर बलायर, पार्टी सभापति प्रदिप देउवा, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापति लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैमा सरिक थिए शिखर नगरपालिकाका मेयर सिताराम जोशी, उप–मेयर धौलिदेवी रावल, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही ।

सोमबार सरकारका विरुद्ध कांग्रेसले आयोजना गर्न लागेको विरोध प्रदर्शनका लागि दिपायल पुगेका उनिहरुले जिल्लाको मुख्य बजार क्षेत्रमा जताततै फोहरै फोहर देखेपछि आफै फोहर उठाएका हुन् । व्यापारीहरुले स्थानीय सरकारले फोहर व्यवस्थापनका लागि पहल नचाल्दा यस्तो अवस्था आएको बताए । ‘यहाँको सरकारले फोहर व्यवस्थापनमा खासै चासो देखाउँदैन दिपायलका एक स्थानीयले भने,‘अर्को नगरपालिकाका मेयर आएर आफै फोहर उठाएको देख्दा आफैलाई अफ्ठेरो महशुस भएको छ । यत्ति देखेपछि अब केही गर्छकी यहाँको सरकार आश पलाएको छ ।’

दिपायल सिलगढी नगरपालिकाले फोहर व्यवस्थापन, बजार व्यवस्थापनमा चासो नदेखाएको र बजार क्षेत्र सडक छेउमै टहरा गरी व्यापार भैरहेकोले सहरको सुन्दरता नै हराएको स्थानीयको गुनासो छ । व्यारीहरुले पनि बजारको अगाडी सडकमै फोहर थुपार्दा बजार क्षेत्र दुर्घन्धित बन्दै गएको छ ।

बजार दिपायल सिलगढी नगरपालिकामा भए पनि जिल्लाकै मुख्य बजार भएकाले यसको व्यवस्थापनमा सबैले चासो देखाउनु पर्ने नगर प्रमुख जोशीले बताए । उनले भने,‘जिल्लाकै मुख्य बजार क्षेत्र यसरी अव्यवस्थित भयो भने जिल्लाकै बदनाम हुन्छ । यसलाई व्यवस्थापन गर्ने पहिलो भुमिका यहाँको सरकारको हो । राज्यलाई जिल्लाको सबैभन्दा बढी कर उठ्ने बजार व्यवस्थापन र फोहर व्यवस्थापनमा सम्बन्धित नगरपालिका जिम्मेबार हुनुपर्छ ।’

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ मंसिर २९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP