२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटी जीप दुर्घटना : मृतककाे संख्या चार पुग्यो : चार घाइते

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको बोगटान फुड्सिल गाउँपालिका–७को बउखेल्ले भन्ने स्थानमा राती करिब १ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाका सभापति शेरबहादुर बमले जानकारी दिए ।

दुर्घटनामा केआईसिंह गाउँपालिका वडा नं ४ चन्केसैनका हरि भट्ट, बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा कार्यरत वडा सचिव मञ्जु त्रिपाठी र उनकी सासू आमा र उनका ३ वर्षीय छोराकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । मृतक भट्ट बोगटान फुड्सिल गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत कृर्षि प्राबिधिकका रूपमा कार्यरत थिए ।

दुर्घटनामा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम घाइते भएका छन् ।

घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ मंसिर २१

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP