२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday
अपडेट

डोटी जीप दुर्घटना : मृतक र घाइतेको पहिचान (नामावली सहित )

३ को मृत्यु , ५ घाइते

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाईते भएका छन् ।

दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको बोगटान फुड्सिल गाउँपालिका–७को बउखेल्ले भन्ने स्थानमा राती करिब १ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाका सभापति शेरबहादुर बमले जानकारी दिए ।

दुर्घटनामा केआईसिंह गाउँपालिका वडा नं ४ चन्केसैनका हरि भट्ट, बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा कार्यरत वडा सचिव मञ्जु त्रिपाठी र उनकी सासू आमाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । मृतक भट्ट बोगटान फुड्सिल गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत कृर्षि प्राबिधिकका रूपमा कार्यरत थिए ।

दुर्घटनामा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम, मृतक मञ्जु त्रिपाठीका तिन वर्षीय छोरा घाइते भएका छन् ।

चालकसहित पाँच जना घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ मंसिर २१

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP