२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

बलात्कार, हत्या अभियोगी किशोरले खाए तीन जना प्रहरीको जागिर

बलात्कार, हत्या अभियोगी किशोरले खाए तीन जना प्रहरीको जागिर

डोटी । बलात्कार, हत्या अभियोगी किशोरका कारण तीनजना प्रहरीले जागिर गुमाउनु परेको छ । बझाङकी १२ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भएपछि तीनजना प्रहरी निलम्बनमा परेका हुन् ।

कोरोना पुष्टि भएपछि डोटी अस्पतालको आइसोलेसनमा रहेका उनी गएराति १२ बजे भागेका थिए । फरारपछि खोजी तीव्र पारिएकोमा उनलाई आज बिहान ७ बजे पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।

आइसोलेसनमा उनको निगरानीका लागि खटिएका तीन जना प्रहरीलाई निलम्बन गरिएको डीआईजी सुवदीले जानकारी दिए ।

राजेन्द्रले बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरेका थिए । उनको गत ७ असोजमा हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी उनको शव स्थानीय शिव मन्दिरभित्र फेला परेको थियो ।

हत्यापछि घटनामा संग्लनको तीव्र खोजि गरिएकोमा प्रहरीले बोहरालाई १३ असोजमा सार्वजनिक गरेको थियो ।त्यसअघि मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराएका थिए ।

फरार रहेका बोहरालाई पूर्वीचौकी गाउँपालिकाको सानागाँउबाट पुनः पक्राउ गरिएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ मंसिर १९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP