२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

केआईसिंह गाउँपालिकामा अस्पताल निर्माण गर्न ९ रोपनी जग्गा दान

डोटीः डोटीमा अस्पताल निर्माण गर्न स्थानीयले जग्गा दान गरेका छन्। 

जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका लागि स्थानीयले ९ रोपनी जग्गा दान गरिएको हो। 

स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले ३ रोपनी र स्व. कमलदेव पाठकका छोरा डिल्लीराजले ३ रोपनी गरी ९ रोपनी जग्गा दान गरेका हुन्।

स्व. बुवाको स्मृतिमा आफूहरुले अस्पताल निर्माण गर्न जग्गा दान गर्न पाउँदा खुशी लागेको डिल्लीराज पाठकले बताए। 

के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा नामसारीको लागि बुधबार मालपोत कार्यालय गएर अस्पतालका नाममा नामसारी गरिने जनाए। 

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ मंसिर १७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP