
डोटी- शिखर नगरपालिकामा १५ शैयाको अस्पताल स्थापना गरिने भएको छ । अस्पताल स्थापनाका लागि सोमबार भवन निर्माणकार्यको शिलान्यास गरिएको छ ।
भवनको नगर प्रमुख सिताराम जोशी र उप–प्रमुख धौली देवी रावलले शिलान्यास गरेका हुन् । अस्पताल नगरको वडा नं. ६ तलकोटमा स्थापना हुने गरी सोमबार शिलान्यास गरिएको कार्यकारी अधिकृत पर्मानन्द शर्माले बताए ।
नगर प्रमुख जोशीले अस्पताल निर्माणकार्य तोकिएको समय भन्दा अगाडी नै सम्पन्न हुनेमा विश्वास ब्यक्त गरे । दुई वर्ष भित्रै भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष रहेको छ ।
आज डोटीमा आठवटा आधारभुत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । आजै देशभर ३९६ अस्पतालको एकै साथ शिलान्यास हुँदैछ ।

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...