२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा भालुको आक्रमणबाट बालक घाईते

डोटी- भालुको आक्रमणबाट डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोलका ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

पाखुराको दुवै तर्फ शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताए । घाइते बालकका बुवा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो ।

पाकरीमा भालुले बर्सेनि आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलहरुले बर्सेनी यहाँका स्थानीयबासीलाई आक्रमण गर्ने तथा ज्यान नै लिने गरेका छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक २२

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP