२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीको बाल सुधार गृहका २६ जना बालबालिका र एक सुरक्षाकर्मीमा कोरोना पुष्टि

डोटी- डोटीको बाल सुधार गृहकामा रहेका २६ जना कैदीबन्दी बालबालिका र एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुका अनुसार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र एक सुरक्षाकर्मीको स्वाव संकलन गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये दुई कर्मचारी र ११ बालकको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित सबैको अवस्था समान्य रहेको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक १७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP