२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटी कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन

फाइल तस्विर

डोटी- जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ। पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको हो। 

कारागार प्रशासन प्रमुख शेरबहादुर बोगटीका अनुसार कैदीबन्दी, सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी तथा कारागार प्रशासनका कर्मचारी गरी जम्मा २५ जनाको स्वाब संकलन गरी जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको हो। 

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कारागारमा कोरोना जोखिम नहोस् भन्ने उद्देश्यले कैदीबन्दीसहित सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए। उनले भने, ‘कारागारमा कोरोना सङ्क्रमण देखिए कैदीबन्दीलाई समस्या निम्तिने भएकाले हामीले आजबाट सबैको स्वाब संकलन गरी जाँचका लागि पठाउन थालेका छौँ, आशा छ सबैको रिपोर्ट नेगेटिभ आउने छ।’

कारागारमा कोरोना भित्रिन नदिनका लागि कैदीबन्दी भेटघाटलाई समेत बन्द गरिएको छ। जिल्ला कारागारमा हाल ४५ विभिन्न मुद्दाका कैदीबन्दी जेल जीवन बिताइरहेका छन्।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक १३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP