२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

शिखरका ११ वटै वडामा तरुण दल र दलित संघ गठन : शिखर कांग्रेसद्वारा स्वागत

डोटी- नेपाल तरुण दल र नेपाल दलित संघले शिखर नगरपालिकाका ११ वटै वडामा संगठन विस्तार गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र दलित संघले जिल्ला भर संगठन विस्तारको कार्यलाई तिव्रता दिएसँगै शिखरका सबै वडामा इकाई कमिटि गठन गरेको हो ।

नव निर्वाचित इकाई कमिटिका पदाधिकारीहरुसँग आइतबार नेपाली काँग्रेस शिखर नगरपालिकाले स्वागत बधाइ तथा परिचयात्मक कार्यक्रम गरेको छ । कांग्रेसको भातृ संगठनहरु विस्तार गर्ने अभियान अन्तरगत सवै वडामा इकाई कमिटि गठन भैसकेको र अव नगर कमिटि गठनका लागि प्रक्रिया अगाडी बढाईने नेपाली काँग्रेस नगर कार्यसमिति संयोजक हर्क बहादुर बोगटीले जानकारी दिए । नगरमा छिट्टै महिला संघ, नेविसंघ लगायतका भातृ संगठनहरु विस्तार गरिने उनले बताए ।

नेपाल दरुण दल डोटीका अध्यक्ष नारायण बलायरका अनुसार नगरको वडा नं. १ मा महेन्द्र शाहीको संयोजकत्वमा तरुण दल र बिशाल टमटाकाको संयोजकत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. २ मा गणेश वोगटी संयोजकत्वमा तरुण दल र शंकर नेपालीको संयोजकत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. ३ मा प्रेम जोराको संयोजकत्वमा तरुण दल र कर्ण बि.क.को संयोजकत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. ४ मा यादव जोशीको संयोजकत्वमा तरुण दल र चक्र बि.क.को नेतृत्वमा दलित संघ गठन गरिएको छ ।

त्यस्तै वडा नं. ५ मा जगत साउदको नेतृत्वमा तरुण दल र हर्क भुलको नेतृत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. ६ मा रतन बिकको नेतृत्वमा तरुण दल र प्रकाश नेपालीको नेतृत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. ७ मा कैलाश बलायरको नेतृत्वमा तरुण दल र कैलाश नेपालीको नेतृत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. ८ मा रमेश बलायरकोे नेतृत्वमा तरुण दल र कैलाश नेपालीको नेतृत्वमा दलित संघ गठन गरिएको छ ।

त्यसै गरी वडा नं. ९ मा यादव प्रसाद अवस्थीको नेतृत्वमा तरुण दल र केशब भुलको नेतृत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. १० मा हिक्मत बलायरको नेतृत्वमा तरुण दल र हरि सिं लुहारको नेतृत्वमा दलित संघ गठन गरिएको छ । वडा नं. ११ मा विजय कुमार बोहराको नेतृत्वमा तरुण दल र हर्क बिकको नेतृत्वमा दलित संघ गठन गरिएको नेपाल दलित संघ डोटीका अध्यक्ष लाल बिकले जानकारी दिए ।

नव गठित संगठनका पदाधिकारीहरुलाई स्वागत गर्दैै नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले नगरका वडाहरुमा हुने विकास निर्माणका कार्य, युवा तथा दलितको अधिकार, हकहित लगायतका बिषयमा भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । क्षेत्रीय सभापति जोशीले हरेक तहबाट विकास निर्माणका लागि आउने रकम नेपाल सरकारको रकम भएकाले त्यस्को सहि सदुपयोग गराउन युवाहरुले प्रतक्ष निगरानी राख्न र त्यहि अनुसारको भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले नेपाल कम्यूनिष्ट पार्टी हिजोको जंगलको भन्दा आज झन कठोर भएको आरोप लगाएका थिए । कम्युनिष्टका नेता कार्यकर्ता र वर्तमान कठोर, भ्रष्टाचार र अपराधमा डुबेको सरकारका बिरुद्ध जतिबेला पनि उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै सचिव जोशीले हरेक वडा देखि जिल्ला सम्मका युवाहरु तयार भएर बस्न आग्रह गरेका थिए । उनले राष्ट्रबादको नक्कली नारा लगाएर, देखावटीरुपमा नेपालको नक्सा निकाले पनि कितावमा ल्याउन नसक्नु, पाठ्यपुस्तकमा नसमेट्नु भनि निर्देशन दिनु आफैमा लज्जास्पद कार्य भएको भन्दै नक्कली र देखावटी राष्ट्रबाद देखि सावधान रहनु पर्ने बताए ।

नेपाल दलित संघका जिल्ला अध्यक्ष लाल बहादुर बिकले नेपाली काँग्रेसको अभियान र शक्रियातामा दलित समुदायका व्यक्तिहरु पार्टी स्थापना काल देखिनै नेतृत्व तहमा पुगेको बताए । कम्युनिष्टहरुले दलितलाई भजाएर, दलितलाई सिढी बनाएर बाहुनमुखी सरकार निर्माण गर्नु बाहेक दलितको उत्थानका लागि केही पनि काम नगरेको बताए । दलित संघ विस्तार गर्नुको उद्येश्य राजनीति गर्नु मात्र नभएर दलित समुदायको हकहित उत्थान, नेतृत्व विकास, सजग र सचेत युवा उत्पादन तथा समुदायका लागि सामाजिक व्यक्तित्व उपलब्ध गराउने उद्येश्य रहेको बताए । उनले दलित तथा युवाका नाममा प्रलोभन युक्त नारा बोकेर, ललाइफकाई गर्न आउने कम्रेडहरुलाई वडा तहबाटै पाखा लगाउन र भ्रष्टाचार, अपराध व्यथितिका बिरुद्ध खुलेर लाग्न अनुरोध गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेक थिए ।

नेपाली काँग्रेस शिखर नगर समितिका संयोजक हर्क बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल महिला संघकी क्षेत्रिय सभापती एवं शिखर नगरपालिकाकी उप–प्रमुख धौली देवी रावल, नेपाली काँग्रेस डोटीका सह–सचिव तेज बहादुर लुहार, नेपाली काँग्रेस क्षेत्रिय सदस्य राम बहादुर लुहार, दलित नेता मनिलाल भूल, रमेश नागरी, बलविर टमटा, नेवि संघ नेता दिपक बोगटी, प्रजातान्त्रिक समन्वय नेपाल महासंघ डोटीका संयोजक उद्धव मल्ल, नेपाली काँग्रेस नगर कार्यसमितिका उप–संयोजक तथा शिखर नगरपालिका वडा नं १० का अध्यक्ष मीन बहादुर बलायरले मन्तव्य राखेका थिए ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ आश्विन २६

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP