
डोटी- पूर्वीचौकी गाउँपालिकामा तालबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ पूर्वीचौकी इकाईले शुक्रबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
सेवाग्राहीलाई सेवा दिन छाडेर गाउँपालिकाका कर्मचारी जनप्रतिनिधिहरु कार्यालय रित्तो पारेर पिकनिक खान अछामको कैलाश खोला तिर गएपछि तालाबन्दि गरिएको नेवि संघले जनाएको छ ।
कोरोना महामारीका समयमा गाउँपालिका अन्तरगतका सबै शाखाहरु ठप्प पारेर गाउँपालिकाको टोली पिकनिक खान भनि बाहिरि जिल्ला अछाम गएका कारण सेवाग्राहीहरु नियमित सेवाबाट बञ्चीत भएकाले तालाबन्दी गरिएको नेविसंघ पूर्वीचौकी संयोजक रेसम विक्रमण खड्काले बताए । चौबिसै घण्टा सेवा दिनुपर्ने वर्थिङ्ग सेन्टरमा कार्यरत अनमिहरु, कर्मचारीहरु समेत पिकनिकमा लगेका कारण स्वास्थ्य सेवा समेत प्रभावित भएको खड्काले बताए ।
गाउँपालिकामा आउने सेवा ग्राहीलाई सेवा दिन कुनै पनि कर्मचारीलाई नियुक्त नगरी बिना बिदा, बिना सूचना गाउँपालिका कर्मचारी, जनप्रतिनिधिहरु पिकनिक खान कैलाशखोला तिर जानुले स्थानीय सरकार सुशासन र जनता प्रति गैर जिम्मेवार छ भन्ने प्रष्ट भएको नेविसंघ डोटीका नेता विजय ओझाले बताए ।
नेविसंघले गाउँपालिकाको टोली जनप्रतिनिधि, कर्मचारी र पार्टी निकटका नेता कार्यकर्ता, आफन्त तथा परिवारका सदस्य सहति पिकनिक खान गएको आरोप लगाएको छ । पिकनिक खान गाउँपालिकाको बस, गाडी तथा मोटरसाइकल समेत प्रयोग भएको नेविसंघले जनाएको छ ।
गाउँपालिकाका योजना ,तालिम ,गोष्ठि, लगायतका कार्यक्रममा समेत भ्रष्टाचार हुने भएकाले सो कार्यक्रमहरु पारदर्शी रुपमा गाउँपालिकाको क्षेत्र भित्रै हुनु पर्ने, भ्रष्टाचार आरोप लागेको विषयमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी गाउँपालिका बाहिर जानु पर्ने भएमा कार्यबाहक दिएर जानु पर्ने, सवारीसाधनको दुरुपयोग सुधार्नुपर्ने माग रहेको अध्यक्ष खड्काले बताए ।
पुर्बी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने आफु पिकनिकमा नभई अछामको साफेबगर आएको बताए । किन र कसरी तालाबन्दी गरेको हो त्यो बारेमा बुझेर सामाधन तर्फ लाग्ने उनले बताए ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...