२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

जोरायल बस दुर्घटनाको ६ बर्ष पूरा : मृतकको सम्झनामा दीप प्रज्वलन

जोरायल – डोटीको जोरायलमा २९ जनाको ज्यान जाने गरि बस दुर्घटना भएको आज ६ वर्ष पुगेको छ । जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते बस दुर्घटना भएको थियो । दुर्घटनामा ६८ जना घाईते भएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने २९ जनाको सम्झनामा मृत आत्माको चिरशान्तिको कामना गर्दै २९ वटा दीप प्रज्वल गरिएको छ । नेपाल दरुण दल जोरायल गाउँपालिका वडा नं. ३ इकाई कमिटिको सक्रियतामा घटना स्थलमै दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष दिनेश मल्ल तरुण पदाधिकारी तथा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

घटनाको छटौँ स्मृति दिवसका अवसरमा ज्यान गुमाउने २९ जनाको सम्झनामा २९ वटा दीप प्रज्वलन गरिएको तरुण दल वडा इकाई कमिटिका अध्यक्ष विराज भट्टले बताए । दुर्घटना भएको ६ वर्ष वितिसक्दा पनि सडक स्तरोन्तीमा सम्बन्धित निकायले अझै पनि चासो नदेखाएको बताउँदै भट्टले तत्काल सडक स्तरोन्तीको कार्य अगाडी नबढाए आन्दोलमा उत्रिको विकल्प नभएको बताए ।

उक्त दुर्घटना भएपछि ततकालीन सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले तत्कालीन र दीर्घकालीन सुझावसहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन नभएको वडाअध्यक्ष मल्लले गुनासो गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए÷नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने, सडक स्तरोन्नती गर्नु पर्ने उल्लेख छ । प्रतिवेदनमा औंल्याएको विषय कार्यान्वयन नभएकै कारण बेला–बेला दुर्घटना दोहरीरहेका छन् भने सडकको पनि दुराअवस्था छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ आश्विन २०

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP